मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नसोचेको काम बन्ने योग छ, अनौठो समाचार पनि सुनिएला । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, सामाजिक प्रतिष्ठा पनि बढ्नेछ।निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):-
यात्रामा विशेष लाभ होला, दिन सामान्य नै छ ।रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा सफलता प्राप्त हुनेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):-
आज आर्थिक संकट पनि आउनेछ लेनदेनमा विबाद पनि बढनेछ, घरायसी समस्या पनि आउला ।पढाइलेखाइमा ध्यान दिन नसकिएला।घरेलु समस्याले सताउने छ । मित्र बनेर धोकादिनेहरु प्रसस्थै हुनेछन्।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):
गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने छ । अरुको काम धेरै गर्नु पर्ला, समयको बचत कम हुने दिन छ ।नोकरि तथा राजनितीमा मान सम्मान पाउने योग छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):-
दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ, पैसो लेनदेनकाृे काम पनि होला सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् ।आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):-
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ ।व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान तर आफन्तको सहयोग चाहि नपाइएला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):-
लेनदेनको समस्याले सताउनेछ, शत्रु पनि बढने छन, ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला । कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ, यात्रामा सावधान रहनु होला ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू):
पढाइमा सुधार आउने योग छ । जागीरबाट पनि सन्तुष्टी मिल्ने देखिन्छ । काममा समस्याको सामाना गर्नु पर्ला गलत लेनदेनमा समस्या आउन सक्ने छ।व्यापारमा गरेकोको लगानि सन्तोस प्रद रहनेछ ।
धनु
लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ ।मनमा हौसला बढनेछ पराक्रम बढनुको साथै अधुराकाम बन्ने छ, त्यसै त्यसै मन हर्षित भएर आउनेछ ।बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ, पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ, आयआर्जनको स्रोत फेला पर्ला । सामान्यतया लाभ हुने नै दिन छ, तर कृषिजन्य पेसा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिंदैन ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):-
समय राम्रो भएपनि आज खर्च बढने विबाद बढने तथा शत्रुले सताउने योग छ सावधान रहनु होला ।खर्च बढने, गलत विचार बढने विबाद बढने र काममा अवरोध आउनाले धनको नाश हुन सक्छ । स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):-
शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ, प्रेमसम्बन्ध बलियो रहनेछ ।अधुरा काम हरु बन्ने अरुको विस्वास आफुतिर रहने आफन्त हरुको उचित सहयोग मिलने छ ।



















