आजको राशीफल( २०८०,पौष ६ ,शुक्रबार)

A notice in Nepali from Mechinagar Ward No. 10

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अरूको भरपर्दा काम बिग्रन सक्छ। सरकारी कामकाजमा नियुक्तिको सम्भावना बढेर जानेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारिक असमझदारीबीच गरिएको प्रयास व्यर्थ होला।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):-
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। विभिन्न अवसरले पछ्याउनेछन्। हिम्मतले काम लिने समय छ। घरमा सुख–समृद्धि बढ्नेछ। बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ।अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्। नजिकका साथीभाइ टाढिन सक्छन् । टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):
अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ। अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ। एकसाथ अनेक काम सुरु गरिए पनि धेरै अधुरै रहलान्। दाजुभाइको सम्बन्ध कमजोर बन्ने सम्भावना छ। खराब आचरण भएकाहरू पनि नजिकिन सक्छन्।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):-
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। नेकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ। लामो समयदेखि रोकिएका काम सम्पादन होलान्। भूमिलगायत स्थायी सम्पत्तिबारे केही विवाद हुन सक्छ। नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको
समय छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):-
आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ। धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ। आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ। वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। टाउको र आँखाको समस्याले दुःख दिन सक्छ। रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू):
आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। दाजुभाइ,सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ। घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ। कृषि र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):-
विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहन सक्छ। पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ। मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। आफ्नो कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ। केही धन र बहुमूल्य धातु संग्रह हुन सक्छ। सामाजिक प्रतिष्ठा पाइनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):-
शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ।आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन्। प्रतिस्पर्धाबाट सामान्य फाइदा उठाउन सकिनेछ। उद्योग–धन्दामा पनि राम्रै सफलता हात पार्न सकिनेछ। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):-
घरखर्च बढ्नेछ। आयआर्जनमा कमी आउने सम्भावना छ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। । स्वास्थ्यमा देखापर्ने समस्याले सताउन सक्छ। आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ। कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.