आजको राशीफल( २०८० साल ,मङ्सिर २४ गते, आइतबार )

A notice in Nepali from Mechinagar Ward No. 10

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):-         सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनेछन् ।रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):-अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला, निर्णय गलत ठाउँमा पर्न सक्छ । कामको बोझले थाकेको महसुस होला । घर–गृहस्थीमा भने समस्या आउन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):– शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । ब्यापारबाट सोचे झैं लाभ हुनेछ ।सामाजिक काममा नाम रहने छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):-भौतिक सुख सुबिधाको साधन प्राप्ति हुनेछ । शिक्षा क्षेत्र शुभ रहेको छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):-आरामदायी यात्रामा रमाइलो हुनेछ । बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न सक्छ ।सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):- पेटको खराबीले सताउला । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । पिडा दिनेहरु सक्रिय रहन सक्छन एकदमै सवधान रहनु होला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):-तुला–आर्थिक पक्ष सबल बन्नेछ । चुनौतीहरू सजिलै पार लाग्नेछन् । बुद्धिबिबेकले राम्रो काम गर्नेछ । घरमा पाहुना आगमनको योग छ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू):-वृश्चिक– व्यापार–व्यवसायमा फाइदा हुनेछ । प्रतिस्पर्धीहरू पराजित हुनेछन ।आँटेगरेको कार्यमा सफलता मिल्नेछ ।महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):-मित्र वर्गबाट साथ सहयोग पाइनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ला । घरायसी समस्या ले सताए पनि गरेका कार्य सफल हुनाले गर्दा मन सन्तुष्ठ रहने छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):-नयाँ काम सुरु गर्ने समय छ । खर्चको मात्रा भने बढ्न सक्छ । स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):-स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ । काम गर्नमा नै समय बिताए मन खुशी नै रहे पनि अन्य बन्न लागेको काम बिग्रन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :-कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । तर ब्यवसायबाट भने लाभ हुने समय छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.