मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ ।कामको दायित्व बढ्नेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । विश्वास गरेकाले धोका दिन सक्छन् होसियार रहनु होला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । व्यवसायमा केही उतारचढाव आउला । पेट र छातीसम्बन्धी समस्याले सताउन सक्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिने समय छ । कृषिकर्म र चौपायाबाट पनि प्रशस्त लाभ हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ, साथै धनजनको आर्जन होला । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। यात्राको योग छ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुनेनैछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्नेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन सावधान रहनु होला । ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला । सन्तानबाट पनि सुख मिल्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । विश्वासमा पारेर धोका दिने छन ।


















