आजको राशिफल (२०७८ साल भाद्र २० गते)

A notice in Nepali from Mechinagar Ward No. 10

मेष–टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ।

वृष–नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ।

मिथुन–हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ।अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ।

कर्कट–चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । पहिलेका समस्या दोहोरिन सक्छन्। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ।आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ। बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ ।

सिंह–कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन्। पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ ।

कन्या–आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ।अनावश्यक भ्रमण हुन सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ।

तुला–स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा समय दिन नसकिएला। धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला। सवारीमा सावधानी अपनाउनुहोला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ ।सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस्। व्यावसायिक काममा खर्च बढ्नेछ।

वृश्चिक– कामका सन्दर्भमा केही प्रतिस्पर्धा हुने सम्भावना छ। अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्।

धनु– नयाँ काममा हात हाल्ने समय छ । सोखले खर्च बढाउन सक्छ। प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ।

मकर–अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ।कृषिमा कामको चाप र चौपायामा केहि समस्या देखिनेछ, तर पनि मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ।

कुम्भ–दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ। सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ। दिगो योजना प्रारम्भ हुन सक्छ। साझेदारीमा फाइदा हुनेछ। आम्दानी तथा आयआर्जनका स्रोत समेत समय छ। अरूका काममा समय बित्न सक्छ। उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ।

मीन–शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.