मणिपुरमा पुनः हिंसा, ३ जनाको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

इम्फाल (एएनआई) : जातीय हिंसाबाट प्रताडित भारतको उत्तरपूर्वी राज्य मणिपुरको विष्णुपुर जिल्लामा शुक्रबार राति भएको पछिल्लो हिंसामा तीन जनाले ज्यान गुमाएका छन्।

बिहीबारदेखि नै उक्त जिल्लामा हिंसात्मक गतिविधि हुने आशंका गरेको प्रहरीले हिंसा रोक्न नसकेकामा खेद प्रकट गरिएको छ। उक्त जिल्लामा गोली प्रहारका छिटपुट घटना सुनिएका तथा भीडभाड बढेका विवरण प्रहरीले प्राप्त गरेको थियो।

यसैबीच, तीन महिनादेखि जातीय कलह र हिंसाबाट तहसनहस भएको मणिपुरमा राष्ट्रपति शासन लागू गर्न विपक्षीहरूले माग गरेका छन्। राज्यको मन्त्रिपरिषद्ले भने शुक्रबार राज्यपाल अनुसुया उइकेलाई विधानसभाको अधिवेशन यही अगस्ट २१ मा बोलाउन सिफारिस गरेको छ।

मणिपुर उच्च अदालतले राज्यको बहुसंख्यक मेतेई समुदायलाई अनुसूचित जनजातिको सूचीमा थप्न राज्य सरकारलाई आदेश दिएपछि गत मे ३ देखि जारी मेतेई र कुकी समुदायबीच झडपमा एक सयभन्दा बढीको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन्। मणिपुरको वर्तमान अवस्थालाई लिएर केन्द्रमा हिउँदे अधिवेशन प्रभावित भएको छ।

विधानसभा र लोकसभामा विपक्षी महागठबन्धनका सदस्यहरूले केही दिनअघि दुई जना महिलाको अस्मिता लुटेर उनीहरूलाई निर्वस्त्र बजार घुमाइएको बर्बर घटना तथा मणिपुरको वास्तविक वस्तुस्थितिबारे प्रधानमन्त्री नरेन्द्र मोदीले सदनलाई जानकारी गराउनुपर्ने माग गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.