‘अमेरिकी राष्ट्रपति चुनाव रुस, चीन र इरान निकट ह्याकरको निशानामा’

काठमाडौं । रुस, चीन र इरानसँग निकट सम्बन्ध भएका ह्याकरहरुले अमेरिकाको राष्ट्रपति चुनावसँग जोडिएका व्यक्ति र समूहलाई निशाना बनाएको माइक्रोसफ्ट कम्पनीले दाबी गरेको छ ।

माइक्रोसफ्टका अनुसार सन् २०१६ को राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीको चुनाव प्रचारलाई प्रभावित पार्न जुन रुसी ह्याकरहरु संलग्न थिए, तिनै ह्याकर यस पटक पनि सक्रिय भए भएका छन् ।

‘चुनावलाई निशाना बनाउन विदेशी समूहहरुले आफ्नो सक्रियता बढाएको कुरा स्पष्ट छ,’ माइक्रोसफ्टले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

अमेरिकामा राष्ट्रपति पदको चुनाव आगामी नोभेम्बर महिनामा हुँदैछ । चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडन उम्मेदवार छन् । दुवैको चुनाव प्रचारलाई ह्याकरहरुले निशाना बनाएको माइक्रोसफ्टको दाबी छ ।

माइक्रोसफ्ट कम्पनीका अनुसार स्ट्रोन्टियम समूहसँग सम्बन्धित रुसी ह्याकरहरुले रिपब्लिकन र डेमोक्रेट्ससँग जोडिएका दुई सयभन्दा धेरै संगठनहरुलाई निशाना बनाएका छन् । स्ट्रोन्टियम समूहलाई ‘फेन्सी बियर’को नामले पनि चिनिन्छ । यो साइबर हमला गर्ने एक युनिट हो जसलाई रुसी सेनाको गुप्तचर एजेन्सीसँग सम्बन्धित रहेको बताइन्छ ।

माइक्रोसफ्टका उपाध्यक्ष टम बर्टले भनेका छन्, ‘हामीले सन् २०१६ मा जस्तो देखेका थियौं, ठीक त्यसैसँग मिल्दोजुल्दो स्ट्रोन्टियमले व्यक्तिहरुका लगइन रेकर्डसम्म पुग्न उनीहरुका अकाउन्ट ह्याक गर्नका लागि एक अभियान सुरु गरेको छ । उनीहरुका गोप्य सूचना संकलन गर्न वा उनीहरुको अनलाइन अपरेसनमा बाधा पुर्याउनका लागि यस्तो गरिएको हुन सक्ने अनुमान छ ।’

-साभार: अनलाइन खबर

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.