११ सेप्‍टेम्‍बरको हमलापछि अमेरिका र विश्‍वमा देखिएका १० परिवर्तन

वासिङटन | अमेरिकी विरासत ठानिएका दुई विशाल भवन ट्वीन टावर र पेन्टागनमा हमला भएको १९ वर्ष भइसकेको छ ।

आजकै दिन, अर्थात् सेप्टेम्बर ११ । यसलाई सेप्टेम्बर ११ को आक्रमण पनि भनेर चिनिन्छ । अलकायदाको आत्मघाती त्यस हमलामा ३ हजार भन्दा धेरै मानिस मारिएका थिए । दुई दशक पुग्न लाग्दा समेत त्यस विनाशकारी हमलाका असर विश्वभर अझै देखिएका छन् । अमेरिकी अर्थतन्त्र, सुरक्षा व्यवस्था, सैन्य रणनीति लगायत क्षेत्रमा उक्त घटनाले धेरै फेरबदल ल्याइदियो ।

अफगानिस्तानमा सैन्य उपस्थिति

सेप्टेम्बर ११ आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा आफ्ना सेना तैनाथ गर्यो । सोही घटनाको असर अफगानिस्तानमा झण्डै दुई दशकदेखि युद्ध चलिरहेको छ । खासमा तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको निर्देशनमा अफगानिस्तानमा लगातार बम हमला गर्न थालियो ।

अफगानिस्तानमा तलिबान नेतृत्वको सरकारले ट्वीन टावर हमलाका अभियुक्त ओसामा बिन लादेनलाई त्याग्न नचाहँदा अमेरिकाले उक्त सरकार हटाउनुका साथै अफगानिस्तानमा हमला सुरु गरेको थियो ।

अक्टोबरमा अफगानिस्तानमा हमला सुरु गरेको अमेरिकाले बेलायत, फ्रान्स लगायत देशसहितको गठबन्धन बनायो । जस अन्तरगत ठूलो संख्यामा त्यहाँ सेना पठायो । हालसम्म अन्य देश पछि हटे भने अमेरिकाले पनि आफ्ना सेना फिर्ता लैजाने सहमति गरेको छ ।

खासमा अमेरिका आक्रमणपछि नै अफगानिस्तानका दुखका दिन सुरु भएका हुन् । जर्ज डब्लु बुसले सुरु गरेको अफगान आक्रमणको मुद्दा डोनल्ड ट्रम्पसम्म आइपुग्दा चुनावी कार्यक्रम बनिसकेको छ । बाराक ओबामा र ट्रम्प दुबैले चुनावमा जितेपछि अफगानिस्तानमा सेनाको संख्या बढाएका थिए । अफगान मूलका आतंकवादी ओसामा बिन लादेनलाई संरक्षण गरेको आरोपमा अफगानिस्तान २००१ को अक्टोबरदेखि नै अमेरिकी चेपुवामा पर्यो ।

विमानस्थलको सुरक्षा कडा

९/११ को आक्रमणअघिसम्म विमानस्थलमा लामो लाइन लाग्ने र कडाइसाथ सुरक्षा जाँच गर्ने चलन थिएन । अर्थात्, २००१ को नोभेम्बरमा मा मात्रै सुरक्षा कडा पार्नका लागि ‘यातायात सुरक्षा प्रशासन’ सुरु गरियो । यो विभाग स्थापना गर्नुको प्रमुख कारण उक्त हमला नै थियो ।

त्यसपछिका दिनमा नयाँ प्रविधिको प्रयोग र अन्य हिसाबले पनि विमानस्थलमा कडा सुरक्षा व्यवस्था अपनाइएको हो । समग्रमा अमेरिकामा भएको उक्त हमलाको परिणाम हवाइ यात्रा थप सुरक्षित हुन थालेको हो ।

राष्ट्रिय सुरक्षा विभाग

आक्रमणको ११ दिनपछि नै अमेरिकाले घरेलु सुरक्षा विभाग खोल्यो । जहाँ थुप्रै कर्मचारी नियुक्त गर्दै अमेरिकाले आफ्नो आन्तरिक सुरक्षामा पनि कडाइ अपनायो । जसले गर्दा राष्ट्रि सुरक्षा रणनीतिका साथै व्यापक अनुसन्धानको काम अघि बढायो । यो काम २००२ सम्म अमेरिकाले तीव्र रुपमा गरेको थियो ।

आतंकवादविरुद्ध कारवाहीका लागि जिम्मेवार ठानिएको उक्त विभाग बुस सरकारको महत्वाकांक्षी योजना नै थियो । आज पनि उक्त विभागले देशभरको सुरक्षा र आतंकवाद रोकथामका लागि प्रमुख रुपमा प्रभाव जमाउँछ ।

विमानस्थल बाहिर सुरक्षा

विमानस्थल मात्रै नभएर बाहिर पनि अमेरिकाले सुरक्षा उपस्थिति बाक्लो बनायो । यथार्थमा व्यवसाय र स्कुलहरुमा यसले व्यापक रुपमा असर पुगेको बताइन्छ । जस्तै स्वतः लक हुने ढोका, किप्याड, सिसी क्यामेरा लगायत ।

खासमा सेप्टेम्बरअघि देशभरका कार्यालय तथा स्कुलमा आम मानिसको पहुँच सहज थियो । अधिकांश कार्यालयमा ‘फ्रन्ट डेस्क’मा नाम र हस्ताक्षर गरेर छिर्न मिल्ने थियो । जुन काम पछिल्लो समय अति जटिल छ । त्यसबेला देखि नै कुनै पनि कार्यालयमा छिर्न सुरक्षा डेस्कमा गएर, कर्मचारीबाट सुरक्षा कोड लिएर मात्रै छिर्न पाइने व्यवस्था छ ।

मुस्लिम समुदायविरुद्ध व्यापक रुपमा धार्मिक र जातीय विभेद

केही अनुसन्धान र अध्ययनबाट के पुष्टि हुन्छ भने, उक्त हमलापछि अमेरिका मात्रै नभएर विश्वका अधिकांश स्थानमा मुस्लिम समुदायविरुद्ध घृणा, पक्षपात र विभेद बढ्न थाल्यो । कतिपय ठाउँमा त मुस्लिमविरुद्ध आक्रमण पनि बढ्न थाल्यो । अमेरिकामा त ५० प्रतिशतका दरले मुस्लिममाथि आक्रमण बढेको रिपोर्ट छ ।

त्यस्तै अर्को एक सर्वेक्षण अनुसार अमेरिकाका ७५ प्रतिशत मुस्लिमहरुले आफूहरुमाथि विभेद र आक्रमण भएको बताएका थिए । सर्वेक्षणले यस्तो पनि देखाए कि, आक्रमणपछिको दशकभरी नै मुस्लिम बन्न मुस्किल वातावरण बन्यो ।

निर्वासनमा वृद्धि

बुस प्रशासनले सेप्टेम्बरपछि नै तिव्र रुपमा मानिसहरुलाई निर्वासन गराउनुका साथै अध्यागमनमा व्यापक कडाइ गर्न थालेको थियो । अमेरिकी मिडिया एबिसी न्युजका अनुसार २००१ पछिको दशकमा निर्वासन ठ्याक्कै दोब्बर बढेको थियो । आपराधिक निर्वासनको संख्या उस्तै गरी बढेको थियो ।

२००१ देखि २०१२ सम्म सरदर ४०० प्रतिशत आपराधिक निर्वासन भएको थियो । तर त्यसबेला निर्वासनमा परेका लगभग सबैजसो अभियुक्त निर्दोष सावित भए ।

‘आतंकवादविरुद्ध युद्ध’

त्यस हमलाभन्दा अघि संसारका मानिसले एउटा शब्दावली सायदै सुनेका थिए, ‘आतंकवादविरुद्धको युद्ध’ । तर बिस्तारै दिन, हप्ता र महिना बित्दै जाँदा यो ‘टर्म’ आम मानिसका लागि स्वभावित बनिदियो । यससँगै ‘होमल्याण्ड सेक्युरिटी’, ‘टेरर अलर्ट’, ‘एक्सिस अफ एभिल’ जस्ता शब्दावली पनि स्वभाविक रुपमा सुनिन थालियो ।

बढ्दो निगरानी

सेप्टेम्बरपछिका दिनमा बिस्तारै नागरिकमाथि पनि निगरानी बढ्न थाल्यो । इमेल, टेलिफोन जस्ता निजी मामिलामा पनि सरकारले व्यापक रुपमा पहुँच र निगरानी बढाउन थाल्यो ।
सुरक्षाको नाममा कतिपय प्राइभेट मामिलामा पनि सरकारले आफ्नो पहुँच बढाउन थाल्यो ।

समाचार प्रशारणको तरिकामा बदलाव

सेप्टेम्बर ११ को घटनापछि नै धेरै समाचार संस्थाहरुले समाचार सम्प्रेषणको तौरतरिका नै परिवर्तन गर्न थाले ।

राष्ट्रवाद बढ्दै

उक्त घटनापछि अमेरिका र अन्यत्र पनि देशभक्ती तथा राष्ट्रवादी भावना फैलिन थालेको थियो । राष्ट्रिय झण्डा फहराउन थालियो । देशभक्तीपूर्ण सन्देश प्रवाह हुन थाले । देशविरुद्ध एकजुट हुने, वलिदानी दिने जस्ता सन्देश आम रुपमा फैलाउन थालियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.