काँकरभिट्टाबाट डेढ करोडको सुन र २० हजार अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

४ जेठ, मेचीनगरः झापाको काँकरभिट्टाबाट करिव डेढ करोडको सुन र २० हजार अमेरिकी डलरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
आज साँझ ५: १० बजे मेचीनगर –६ काँकरभिट्टास्थित भन्सार ढाँटमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे. क्वा. काँकरभिट्टावाट सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोषकुमार तामाङको कमाण्डमा खटिएको ९ जना र मेची भन्सार कार्यालयबाट खटिएको ६ जनाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका भारत पश्चिम बंगाल कोलकात्ता बस्ने वर्ष ३९ का परम पाठकलाई पक्राउ गरेको हो । उनलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट सुन ,अमेरिकी डलर,भारतीय रुपैयाँलगायत बरामद भएको हो ।

उनको साथबाट १ करोड ४४ लाख ३० हजार ८१५ रुपैयाँ बराबरको ५७० ग्राम सुन ,३० लाख६५ हजार बराबरको २० हजार अमेरिकी डलर ,८५ हजार ४१० भारतीय रुपैयाँ, सवारी चालक अनुमति,आधार कार्ड , भिभो मोबाइल , सामसुङ मोबाइल, हार्ड डिस्क, सिम कार्ड , भिजा कार्ड र चेक बरामद भएको छ । उनलाई आवश्यक कारवाहीको लागि सामानसहित मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.