इथियोपियामा बीबीसीका पत्रकार सैनिक हिरासतमा

A notice in Nepali from Mechinagar Ward No. 10

इथियोपिया: इथियोपियामा बीबीसीका एक पत्रकार गिरमे गेब्रुलाई सेनाले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।

गिरमे द्वन्द्वग्रस्त टिग्रे क्षेत्रमा कार्यरत बीबीसीका सम्वाददा हुन् । गिरमे गेब्रुसहित जम्मा चार जनालाई यहाँको सेनाले पक्राउ गरी हिरासतमा राखेको छ । उनीहरुलाई सैनिकको औपचारिक पोशाकमा आएका सेनाले मेकेले सहरबाट कब्जामा लिएको प्रत्यक्षदर्शीहरुले बताएका थिए ।

र पत्रकार गिरमेलाई अहिले मेकेलेस्थित सैनिक शिविरमा राखिएको बताइएको छ। यद्यपि उनलाई पक्राउ गर्नुको कारण सेनाले सार्वजनिक गरेको छैन । केही दिनअघि भने सत्ताधारी पार्टीका एक अधिकारीले अन्तर्राष्ट्रिय मिडियालाई गलत सूचना दिनेहरुविरुद्ध कडा कदम चालिने चेतावनी दिएका थिए ।

यसअघि पनि इथियोपियामा एक जना स्थानीय पत्रकार टामिराट येमाने र दुईजना दोभाषे आलुला अकालु र फिट्सम बरहेनलाई सेनाले हिरासतमा लिइसकेको छ । इथियोपियाको टिग्रे क्षेत्रमा पछिल्लो केही महिनादेखि नै सरकार र विद्रोही सेनाबीच लडाइँ जारी छ ।

टिग्रेमा द्वन्द्व सुरु भएयता महिनौँसम्म कडा रूपमा सञ्चार क्षेत्रमाथि प्रतिबन्ध लागु गरिए पनि गत हप्तादेखि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई प्रवेश दिइएको बीबीसीको समाचारमा उल्लेख छ ।

इथियोपियामा द्वन्द्वका क्रममा सयौँको ज्यान जानुका साथै हजारौँ विस्थिपित भएका छन्। अन्तर्राष्ट्रिय स्तरबाट सरकार र विद्रोहीको आलोचना साथै चिन्ता व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.