चीनको दुर्लभ खनिज निर्यात प्रतिबन्धले विश्वव्यापी विद्युतीय सवारी उत्पादन संकटमा: व्यापार युद्धको चपेटामा अटो उद्योग

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ, जेठ २२: चीनले आफ्नो दुर्लभ खनिज र चुम्बकीय कच्चा पदार्थको निर्यातमा लगाएको प्रतिबन्धका कारण विश्वभरको विद्युतीय सवारी उत्पादन गम्भीर रूपमा प्रभावित हुने संकेत देखिएको छ। हालै जर्मनका सवारी निर्माता कम्पनीहरूले चीनको यो कदमले उनीहरूको कार उत्पादन नै बन्द हुने जोखिममा पुगेको खुलासा गरेका छन्।

गत अप्रिलमा चीनले दुर्लभ खनिज मिश्रण, अलोय (alloy) र म्याग्नेटहरूको निर्यातमा प्रतिबन्ध लगाएपछि अटोमोबाइल, एरोस्पेस, सेमिकन्डक्टर कम्पनी तथा सैन्य क्षेत्रमा समेत यसको असर परेको छ। रोयटर्समा प्रकाशित एक समाचार अनुसार, अमेरिकासहित भारत, जापान र युरोपेली देशहरूका कम्पनीहरूले चीनको यो निर्णयले आपूर्ति श्रृंखला बिग्रिएको भन्दै तत्काल समाधानको माग गरिरहेका छन्।

व्यापार युद्धको कूटनीतिक हतियार
चीनको यो कदमलाई अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धमा चीनले प्रयोग गरिरहेको कूटनीतिक हतियारको रूपमा हेरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने आयातमा उच्च दरको कर लगाएका छन् भने चीनले पनि जवाफमा विभिन्न उपायहरू अपनाइरहेको छ। यो पछिल्लो प्रतिबन्ध सोही शृङ्खलाको एक अंश मानिएको छ।

विश्वभरका अटो निर्माता चिन्तित
रोयटर्सका अनुसार, जापान, भारत र युरोपका कूटनीतिज्ञ तथा उद्योगीहरूले चीनको वाणिज्य मन्त्रालयसँग आपूर्ति सहज गराउन आपतकालीन बैठकको आग्रह गरेका छन्। जापानको प्रतिनिधिमण्डल यसै साता बेइजिङ भ्रमण गर्ने तय भएको छ भने भारतका अटो कम्पनीहरू पनि छिट्टै चीन जाने तयारीमा छन्।

भारतीय अटो निर्माता बजाज अटोले यदि चाँडै आपूर्ति सहज नभए आफ्नो इलेक्ट्रिक सवारीसाधन उत्पादन गम्भीर रूपमा प्रभावित हुने चेतावनी दिएको छ।

उता, अमेरिकाको जेनरल मोटर्स, टोयोटा, फक्सवागन, हुन्डाई लगायतका अटो कम्पनीहरूलाई प्रतिनिधित्व गर्ने संगठन ‘अलायन्स फर अटोमोटिभ इनोभेसन’ (Alliance for Automotive Innovation) ले ट्रम्प प्रशासनलाई पत्रचार गर्दै दुर्लभ खनिज र म्याग्नेटहरूको सुनिश्चित आपूर्ति बिना सवारीसाधनका महत्त्वपूर्ण उपकरणहरूको उत्पादन सम्भव नहुने भन्दै आवश्यक कदम चाल्न आग्रह गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.