योग गुरु बाबा रामदेव पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी । केही समयअघि चिकित्सक विरुद्द गलत अभिव्यक्ति दिने योग गुरु बाबा रामदेवले कोरोना भाइरसविरुद्धको खोप लगाउने घोषणा गरेका छन्। एलोपेथिकलगायत आधुनिक चिकित्सा पद्धतिको विरोधमा अभिव्यक्ति दिँदै आएका उनले छिट्टै आफूले पनि कोरोनाविरुद्धको खोप लगाउने घोषणा बिहीबार गरेका हुन्।

रामदेवले डाक्टरहरुलाई ‘धर्तीमा रहेका ईश्वरका दूत’को संज्ञा पनि दिएका छन्।

यसअघि उनले योग तथा आयुर्वेद उपचार पद्धति अपनाउने व्यक्ति कोरोनाबाट सुरक्षित रहने र उसलाई कोरोनाको खोप आवश्यक नपर्ने अभिव्यक्ति दिएका थिए। चिकित्सकहरुले उनको अभिव्यक्तिलाई लिएर निन्दा गरेका थिए।

रामदेवले सबै नागरिकलाई खोप दिने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणाको स्वागत गर्दै यसलाई सरकारको ऐतिहासिक कदम पनि भनेका छन्।

उनले खोपको दुवै मात्रा लगाउनुका साथै आयुर्वेदको साथ लिने हो भने कोरोनाविरुद्ध दुई गुणा बढी शक्ति प्राप्त गर्न सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.