भारतमा १९ वर्षीया छात्रालाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री

A notice in Nepali from Mechinagar Ward No. 10

भारतको उत्तराखण्डमा आज एक १९ वर्षीया किशोरी एक दिनका लागि मुख्यमन्त्री बन्दैछिन्। यो समाचारले हिन्दी फिल्म नायकको याद दिलाउँछ।

हामीले उक्त फिल्ममा अनिल कपुरलाई एक दिनको मुख्यमन्त्री बनेको देखेका थियौं। तर भारतको उत्तराखण्डमा सृष्टि गोस्वामीलाई सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो।

हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि कार्यकारी अधिकारसहित आज एक दिनको मुख्यमन्त्री बन्नेछिन्। उनको उपस्थितिमा विधानसभा बैठक पनि बस्नेछ। विधानसभाको कोठा नम्बर १२० मा बैठक बस्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सृष्टिलाई मुख्यमन्त्री बनाएर बैठक आयोजना गर्ने स्वीकृति र निर्देशन उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले दिइसकेका छन्।

उत्तराखण्ड बाल संरक्षण आयोगकी अध्यक्ष उषा नेगीका अनुसार २४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाउन लागिएको हो।

बुधबार मुख्य सचिव ओमप्रकाशलाई एक पत्र पठाउँदै २४ जनवरीका दिन बालिकाहरुको सशक्तिकरणका लागि एक प्रतिभाशाली छात्रालाई मुख्यमन्त्रीको जिम्मेवारी दिइएको नेगीले बताएकी छन्।

प्रतिकात्मक भए पनि उनी उत्तराखण्डको पहिलो महिला मुख्यमन्त्री हुनेछिन् । यो एक दिनको कार्यकालमा सृष्टिले विकास कार्यक्रमको समीक्षा गर्नेछिन्। यसका लागि छानिएका विभागका अधिकारीले ५-५ मिनेटको समयमा आ-आफ्नो रिपोर्ट पेस गर्नेछन्। विधानसभा आज १२ बजेदेखि ३ बजेसम्म चल्नेछ। उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यो कार्यक्रममा सहभागी हुनेछन् ।

सृष्टिका पिता प्रविण पुरीले आफ्नी छोरीमाथि गर्व महसुस भएको बताए। सृष्टिले बीएसएम पीजी कलेज रुडकीमा बिएस्सी कृषि अध्ययन गर्दैछिन्।

२०१८ मा बाल विधानसभामा बाल विधायकहरुको तर्फबाट उनलाई मुख्यमन्त्री चयन गरिएको थियो। बाल विधानसभामा हरेक ३ वर्षमा एक बाल मुख्यमन्त्री चयन गरिन्छ।

एक दिनको मुख्यमन्त्री बनाउनुको उद्देश्य बालिकाहरुको सशक्तीकरणका लागि जागरूकता फैलाउनु भएको नेगीले जानकारी दिएकी छन्।

यसअघि सृष्टिलाई सन् २०१८ मा उत्तराखण्ड बाल विधानसभाको मुख्यमन्त्री चुनिएको थियो। उत्तराखण्डमा बाल विधानसभा गठनको कार्यक्रम बाल अधिकार संरक्षण आयोगले गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.