भारतका पत्रकार गोस्वामीलाई प्रहरीले पक्राउ गर्‍याे

A notice in Nepali from Mechinagar Ward No. 10

भारतका विवादित पत्रकार अर्णब गोस्वामीलाई त्यहाँकाे प्रहरीले पक्राउ गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादक गोस्वामीलाई प्रहरीले मुम्बईस्थित उनकै घरबाट बुधबार पक्राउ गरेको हो।

रिपब्लिकन टेलिभिजनले प्रहरीले उनलाई हातपात गर्दै घिसारेर लगेको आरोप लगाएको छ। गोस्वामीले आफ्ना सासु, ससुरा, छोरा र श्रीमतीलाई पनि प्रहरीले हातपात गरेको आरोप लगाएका छन्।

रिपब्लिकन टेलिभिजनले यसअघि नै टुंगिसकेको मुद्दामा गोस्वामीलाई पक्राउ गरिएको आरोप लगाएको छ।

टेलिभिजनमा प्रहरीले अर्नबलाई भ्यानमा राख्दै गरेको देखाएको छ।

गोस्वामीविरुद्ध सन् २०१८ मा एक इन्टेरियर डिजाइनर र उनकी आमालाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ। महाराष्ट्र प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा पुनः अनुसन्धान गर्न निर्देशन दिएको थियो।

पत्रकार गोस्वामीले नेपाल–भारत सीमा विवादबारे कांग्रेस नेता मीनेन्द्र रिजालसँग लिएको भिडियो अन्तर्वार्ता नेपालमा निकै भाइरल भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.