भारतको उत्तर प्रदेशमा चट्याङ लागेर २८ जनाको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी। भारतको उत्तर प्रदेशमा चट्याङ लागेर २८ जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै १३ जनाको मृत्यु प्रयागराजमा भएको छ।

बीबीसी हिन्दीका अनसार उत्तर प्रदेशमा आइतबार भएको वर्षाका क्रममा चट्याङ पर्दा विभिन्न स्थानमा २८ जनाको मृत्यु भएको हो। मृतकको संख्या बढ्नसक्ने अधिकारीहरुले जनाएका छन्।

केही गम्भीररुपमा घाइते भएका छन्। चट्याङ लागेर दर्जनौं चौपायाको पनि मृत्यु भएको बताइएको छ। चट्याङ लागेर मृत्यु भएकाहरुमा समवेदना व्यक्त गर्दै मुख्यमन्त्री योगी आदित्यनाथले आइतबार नै मृतकका परिवारलाई ४र४ लाख रुपैयाँका दरले आर्थिक सहयोगको घोषणा गरेका छन्।

कानपुरमा पाँच, फिरोजाबादमा तीन, कौशांबीमा दुई र मिर्जामा एक जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.