रतुवामाइमा सरकारी छाप र दस्तखत कीर्ते गरेको आरोपमा पाँचजना पक्राउ

इटहरी । मोरङको रतुवामाइमा सरकारी छाप र दस्तखत कीर्ते गरेको आरोपमा पाँचजनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा रतुवामाई ४ का ५६ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीय झरियादेवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, ६३ वर्षीय पैखनलाल राजवंशी र ६४ वर्षीय कन्हारुलाल केवरत रहेका छन्।

उनीहरूले कार्तिक २ गते जग्गा बिक्रीको लागि वडाबाट सिफारिस लिनको लागि कीर्ते हस्ताक्षर र सरकारी छाप दुरुपयोग गरेर नक्कली कागज बनाएका थिए ।

रंगेलीको मालपोत कार्यालय गएका उनीहरूले ल्याएको कागजात शंकास्पद लागेपछि प्रहरीलाई खबर गरिएको थियो ।

 

Exit mobile version