एकवर्षमा पाँचसय बढी फरार प्रतिवादी पक्राउ, सात करोड बढी जरीवाना असुल

१ साउन , चन्द्रगढी : गत आर्थिक वर्ष २०८१-८२ को एकवर्षे आवधिमा झापा जिल्लामा विभिन्न मुद्धाका पाँचसय बढी फरार प्रतिवादीहरु पक्राउ परेका छन् । जसबाट सात करोड रुपैयाँबढी जरीवाना असुल उपर भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले उपलब्ध गराएको अभिलेख अनुसार सो अवधिमा जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको क्रममा जिल्ला प्रहरी कार्यालय झापा र मातहत प्रहरी युनिटहरुबाट खटिएको प्रहरी टोलीले बिभिन्न मुद्धा शिर्षकमा फरार रहेका चासय ६३ पुरुष, ७० महिला , र एकजना यौनिक अल्पसंख्यकगरी जम्मा पाँचसय ३४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी झापा जिल्ला अदालतमा उपस्थित गराएको छ ।

कैद असुल बाँकी रहेका प्रतिवादीहरुलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ भने जरीवाना असुल मात्र वाँकी रहेका प्रतिवादीहरुलाई जरिवाना दाखिला गराई लगत कट्टा गरी छुटी गएको र सो बाट दुईसय ४८ वर्ष १० महिना १४ दिन कैद तथा सात करोड सत्ताईस लाख चौबीस हजार आठसय एक्काईस रुपैया छैसठ्ठी पैसा जरीवाना असुल उपर भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जसमा सर्वोच्च अदालतको मिति २०८० कात्तिक १९ गतेको फैसला अनुसार जबरजस्ती करणी तथा हाडनाता करणी मुद्धामा १० बर्ष कैद सजाय फैसला भई फरार रहेका फरार प्रतिवादी झापा जिल्ला भद्रपुर नगरपालिका वडा नं.८ बस्ने बर्ष ४८ को खेमराज पोखरेल, उच्च अदालत विराटनगर इलाम इजलासको मिति २०७२ असार १६ गतेको फैसलाले जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्धा १० बर्ष कैद फैसला भई फरार रहेका फरार प्रतिवादी जिल्ला जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं.७ बस्ने बर्ष ३२ को प्रदिप राई रहेका छन् ।

यसैगरी, उच्च अदालत पाटनको मिति २०८० फागुन २९ गतेको फैसलाले राजश्व चुहावट मुद्धामा १ बर्ष २ महिना १५ दिन कैद दुई करोड ८४ लाख ५८ हजार ६ सय ५ रुपैयाँ जरीवाना फैसला भई फरार रहेका फरार प्रतिवादी झापा जिल्ला बिर्तामोड नगरपालिका वडा नं.८ बस्ने बर्ष ३० को अमिर ल्वागुन बिश्वकर्मालगायतका फरार प्रतिवादीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्या झापाले उपलब्ध गराएको प्रेस नोटमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्ष ०८०÷८१ मा जिल्ला प्रहरी कार्यालय झापाले तीनसय ७० पुरुष र ५७ महिलागरी कुल चासय २७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको थियो । जस बापत एकसय ८४ वर्ष १ महिना १२ दिन कैद असुल तथा पाँच करोड चार लाख ९८ हजार चारसय १३ रुपैयाँ जरीवाना असुल उपर भएको थियो । गत आर्थिक वर्ष ०८१/८२ मा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खडकाको कमाण्डमा फैसला कार्यन्वयन प्रहरी टोली गठन भएको थियो ।

Exit mobile version