२५ साउन, मेचीनगर : झापामा आइतबार एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ‐डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा संखुवासभा जिल्ला चैनपुर नगरपालिका वडानम्बर २ घर भई हाल ल्ला झापा जिल्ला हल्दीवारी गाउँपालिका ४ ऐनावारीमा रहेको मैनाली हाते कागज खरिद बिक्री केन्द्रमा कार्यरत वर्ष अन्दाज ३०-३१ को रामकुमार अधिकारी रहेका छन् ।
साँझ अन्दाज ५ : ४० बजेको समयमा नजीकै रहेको खोल्सामा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागि उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृत सहित टोली गएर थप अनुसन्धान भईरहेको र शव पोष्टमार्टम गर्न प्रादेशिक मेची अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।


























