संसद् भवनः लच्के लच्कियोस, भत्के भत्कियोस : देउसिरे

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती
१७ जेठमा प्रतिनिधि सभा वैठकमा के भयो मैले भन्नै पर्दैन् । सामाजिक सञ्जालमा यत्रतत्र सर्वत्र छयापछयाप्ती छ ।

१३ जेठमा कोशी प्रदेश सभा बैठकमा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रम प्रवेश गरी माइक फ्याक्ने प्रयास गरे । ‘प्रतिनिधिसभाको २०८३ जेठ १७ गतेको बैठकहरूमा सभाका केही माननीय सदस्यहरूले अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानि नोक्सानी एवम् क्षति पुर्‍याउने कार्यसमेत गरेका तस्वीरले यतिखेर सामाजिक सञ्जालमा निक्कै बजार पाईरहेका छन् ।

हुनतः यी कुनै नौला र आश्चर्यजनक घटना भने पक्कै होइनन् । पहिलो संविधानसभामा एमाले सभासद् कमला शर्माले नेपाली काँग्रेसका पूर्णबहादुर खड्कामाथि चप्पल प्रहार गरेको घटना, त्यसअघि २०५० सालमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई एमालेबाट राष्ट्रिय सभामा सांसद बनेका गोल्छे सार्कीले झापड हानेको घटनमात्र होइन, प्रतिनिधिसभा बैठकमा तात्कालिक गृहमन्त्री शेरबहादुर देउवालाई ताकेर संयुक्त जनमोर्चाका सांसद कमानसिंह लामाले जुत्ता प्रहार गरेको घटना नेपाली जनताको मनसपटमा ताजै छ ।

२०७१ सालमा सभासदहरुले नेपालको संसद् बैठकमा कुर्सी हानाहान र माईक तोडफोडे गरे । नेपालको संविधानसभाको बैठकमा केही आक्रोशित सभासदहरूले विरोधस्वरूप खुर्सानीको धूलो छ्यापेका घटनाहरु छन् । नेपालको सदनभित्र नाराबाजी, तोडफोड र असहमति जनाउने क्रममा एक पटक संविधानसभा भवनभित्र खुर्सानीको १०-१० पोका धूलो भेटिएको र छरिएको घटना इतिहासमा लेखिएको छ । नेपालको संविधान निर्माणका लागि गठन भएको संविधानसभामा नयाँ संविधानका कतिपय विषयवस्तु माथि दलहरूबीचको मतभेद उत्कर्षमा पुगेको बेला विसं २०७१ माघ ८ गते संविधानसभा भवनभित्र खुर्सानीको धुलो भेटिएको थियो ।

संविधानसभाको बैठक बस्नुअघि तालिमप्राप्त कुकुर लगाएर चेकजाँचका क्रममा खुर्सानीको धुलो फेला परेपछि सभासद् र अन्य व्यक्तिहरूको सुरक्षाजाँच कडा बनाइएको थियो । यतिमात्र कहाँ हो र नेपालकै संसद् बैठकमा राष्ट्रिय धुन नै बज्न नपाई, वैठकको कारवाही सभामुखले शुरु भएको घोषणा नगर्दै चर्का नारावाजीले संविधान सभाको हल गुञ्जिएका घटनाहरु पनि छन् ।
नेपालको संसद्मा सांसदजस्तै बनेर एक पटक गाउँ विकास समितिका अध्यक्ष प्रवेश गरेको विषय होस वा संसद् जान हिँडेका माओवादीका तात्कलिन सांसद लोकेन्द्र बिष्ट मगरको साथमा पेस्तोल बरामद भएपछि ठूलो हलचल मच्चिएको घटनाले निक्कै चर्चा पाएको थियो

विसं २०६२–६३ को आन्दोलनपछि प्रतिनिधिसभा पुनः स्थापित पछि संसद्मा शान्तिप्रक्रियामा आइसकेको नेकपा माओवादीलाई पनि सहभागी गराउँदा माओवादीको हतियार शिविरमा राखिएको भए पनि माओवादीका नेताहरूको सुरक्षामा हतियारसहित पूर्वलडाकुहरू परिचालित थिए । त्यस बेला संसद् सिंहदरबार परिसरमा थियो ।

कुनै बेला भारतको तल्लो सदन लोकसभामा दुई व्यक्ति दर्शकदीर्घाबाट हाम फालेर सांसदहरू बस्ने ठाउँमा गई ग्यास फ्याँकेको विषय विश्वभरि समाचारको विषय बनेको थियो । ती व्यक्ति कसरी त्यहाँसम्म पुग्न सके र उनीहरूको उद्धेश्य के थियो भन्ने विषयमा अनुसन्धान समेत भयो । नेपालको संसद् भवनमा पनि विगतमा सुरक्षा व्यवस्थाप्रति प्रश्न उत्पन्न हुने गरी थुप्रै घटनाहरू भएका छन् । बहुदलीय व्यवस्था पुनः स्थापना भएपछि २०४८ सालको संसद्मा यस्तै प्रकृतिका केही घटना नेपालको संसद्मा भएको जानकार र सरकारी अधिकारीहरू बताउँछन् ।

२०४८ सालमा राजाले नीति तथा कार्यक्रम पेश गर्ने चलन थियो । तात्कालिन राजा वीरेन्द्र नीति तथा कार्यक्रम पेश गरेर फर्कन लाग्दा दर्शकदीर्घाबाट ‘सरकार वाग्मती फोहोर भयो, सफा गर्नुपर्‍यो भन्दै’ नेपालको संसद्मा दर्शक बनेर गएका लक्ष्मण सिंह खड्काले राजा वीरेन्द्र बाहिरिन लागेको बेला नाराबाजी गरेको इतिहास छ । संसद् सचिवालयका भूतपूर्व महासचिव सूर्यकिरण गुरुङका खड्कालाई तत्कालै सुरक्षाकर्मीले समातेर बाहिर निकाले ।

एक कार्यालय सहयोगी पनि संसद् बैठक चलिरहेको समयमा सभामुख बस्ने ठाउँमा गएका कारण पक्राउ परेका थिए । संसद् चलिरहेका बेला हिँड्दै आए । केही टिपोट लिएर आएको होला भन्ने सवैले ठाने छन् । त्यस कारण कसैले रोकेनन् । उनी सरासर सभामुख बस्ने आसन पछाडि पुगेर जीउ तन्काएर बोल्न खोजेपछि मात्रै सबै जना झस्किए । यसकारण हाम्रो देशको प्रतिनिधि सभा होस वा प्रदेश सभाको वैठकमा यस्तो गतिविधि हुन सामान्य झै लाग्न थालेको छ ।

दर्शकदीर्घामा दर्शक बनेकाले मात्र होइन पछिल्लो समय जनताले अमुल्य मतदान गरेर चुनेका सांसदहरु नै यतिखेर विभिन्न कसुरमा मुछिँदै छन् । उनीहरुका कसुर पनि यस्ता छन कि भन्न र लेख्न पनि लाज लाग्छ । जस्ले चुनावताका मतदातालाई निक्कै ठूल्ठूला सपना बाडे, मतदाताले पनि विश्वास गरेर मत दिएर जिताए । तीनै सांसदहरुले यो देशको नियम कानून समेत बनाए तर उनीहरुले त्यही नियम कानूनको धज्जीँ उडाए । कोहि सांसद बलत्कारी, कहि भ्रष्टचारी, कोही जनतालाई जिउँदै जलाउने, कोहि एयरपोर्टमा तोडफोड गर्ने, कोहि रातो पासपोर्ट विक्री गर्ने यस्तै यस्तै रहेछ नेपालका सांसदहरुको आचरण ।

त्यसकारण पनि संसद्मा सांसद माननीयज्यूहरु के गर्छन ? कसो गर्छन ? नेपालको संसद् भवनमा सुरक्षा व्यवस्था कस्तो छ ? कसैले कसैलाई भन्नै पर्दैन् । यी त सार्वजनिक भएका घटना मात्र हुन् । भित्रभित्रै यस्तै घटनाको चाङ त कति होलान कति ? यहि भएर नेपाली राजनीति यौन र दादागिरीको उर्वर थलो हो ? भनेर बेला बेला विभिन्न कोणबाट टिका टिप्पणी हुने गरेको छ । नेपालको संसदीय इतिहासमा भएका यस्तै विरोध प्रदर्शनका घटनाहरू हामीले सजिलै पढ्नमात्र होईन आफ्‌नै आँखाले देख्नः पाएका छौ । संसद्मा भएको कुर्सी तोडफोड तथा झडपका घटना हामीले उहिलेदेख अहिलेसम्म पढ्दैं र देख्दैं आइरहेका छौ ।

कहिले काँहि त संस्‌दमा अमर्यादित व्यवहार गर्ने सांसदहरूलाई देख्दा लाग्छ , होइन कस्ता मान्छेलाई मत दिएर त्यस्तो सम्मानित स्थानमा पठाइएछ ? सांसद्हरुलाई संसद भवनभित्र प्रवेशअघि बैठकमा बस्दा पालना गर्नुपर्ने अनुशासन र गर्न हुने नहुने कामबारे पनि हामी जानकारी गराउँनु पर्छ कि जस्तो लाग्छ, उनीहरुका पछिल्लो आचरणहरुले ।

१७ जेठमा प्रतिनिधि सभामा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्ने विषयमा छानबिन समिति गठन भएको छ । सभामुख डोलप्रसाद अर्यालले सात दिनभित्र प्रतिवेदन तयार पार्नेगरी समिति गठन भएको जानकारी गराएको समाचारहरु बाहिर आएका छन् ।

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम आवश्यक कारबाही अघि बढाउन सकिने कानूनी प्रावधान हुँदाहुँदैं किन आफ्‌नो पदिय हैसियत माननीयज्यूहरुले विर्सेका होलान ? यी घटनाले पनि हाम्रा देशका सांसदको हैसियत प्रष्ट हुन्छ ।

आफैले अमुल्य मत दिएर देशको नियम, कानून बनाउन पठाएका जनप्रतिनिधि जनताका मान्छेले नै देशको ऐन कानून नमान्ने, संसद् जस्तो मर्यादित थलोमा ॅजंगली व्यवहार ’ देखाउन थाले भने मानेनन्, यस्ता नेता मन्त्री र माननीयबाट सर्वसाधारण जनताले के नयाँ कुराको अपेक्षा गर्ने ? एउटा गम्भीर प्रश्न खडा भएको छ । यदि यो मुलुकमा राज्य छ भने घटनाको उचित छानबीन गरी दोषीबाट सम्पूर्ण क्षतिपूर्ति लिनुपर्छ कि पर्दैन ? सरकार निरीह बनेर टुलुटुलु हेरेर बस्न मिल्छ ? गल्ती गर्नेले सजाय पाउनुपर्छ कि पर्दैन ? यस्तै प्रश्नको जवाफ यतिखेर नेपाली जनताले खोजीरहेका छन् । सांसदहरुले यसको अर्थ नबुझ्‌नु र सांसदका काम कर्तव्य अधिकार के के हुन ? भन्ने आधारभूत कुराको सामान्य ज्ञान समेत नहुँनुले पनि यस्ता घृणित घटना हुने गरेको निष्कर्श पनि धेरैको छ ।

अपराध ठूलो होस या सानो अपराध अपराध नै हो । यसमा संलग्न जुनसुकै पार्टीको नेता होस वा कार्यकर्ता सांसद मन्त्री नै किन नहुँन कसैले पनि संरक्षण गर्नुहुदैंन । कसुर अनुसारको सजाय उस्ले पाउनै पर्छ । जस्ले गर्दा यस्तै अपराध गर्ने अरु निरुत्साहित हुन्छन् । मानवताविरोधी अपराध गर्ने जो कोहि होस कानूनी दायरामा ल्याउनु पर्छ र सहि अनुसन्धान गर्नुपर्छ । मुलुकमा शान्ति चाहाने जो कोहिले पनि अनुसन्धानमा बाँधा पुग्ने अनुसन्धानकर्तालाई लोभ देखाउने काम गर्नुहुदैन् । मानवताविरोधी अपराध गर्ने जो कोहिलाई पनि दण्ड दिन माग गर्ने हो भने समाजमा यस्ता गतिविधि क्रमस कम हुदै जान्छन् ।
ठूलो होस वा सानो अपराध गर्ने अपराधिको न त जात हुन्छ न त परिचय नै । मात्रै उ अपराधि हो । तर, नेपाली राजनीति वृत्तमा लामो समयदेखि अपराधिहरुले अड्डा नजमाएका भने होइनन् । सत्ता सम्बन्ध र शक्तिको आडमा उनीहरु दण्डित हुने त कुरै छाडौं छानबीनको दायरामासम्म पनि ल्याउन प्रहरी प्रशासनलाई हम्मे हम्मे परेका घटनाको फेरहिस्ता कति छ, सवैलाई थाहा छ ।
शासन व्यक्तिको होइन विधिको हुनुपर्छ । आम जनताले एउटा प्रश्न सवै दललाई तेर्स्याएका छन् । भ्रष्टचार, बलात्कार, हत्याजस्ता घटनामा मुछिएका मान्छे कति दिनसम्म शक्ति र सत्ताको वरिपरि देखिने ? उच्च राजनीतिक नेतृत्वका अघिपछि सारा शक्तिको लाम छ । उनीहरुमा निक्कै ठूलो दम्भ पनि हुन सक्छ । भ्रष्टचारी र विभिन्न कसुरमा आरोपीहरुलाई कुनै पनि पक्षले राज्य संयन्त्रमा निर्णयक भूमिकामा राख्नु हुदैन् ।
एउटा नेता कार्यकर्ता मन्त्री सांसदको कमजोरीले सिंगो राष्ट्रको बदनाम हुन्छ । मुहान फोहोर भएसम्म घरको पानीको धारो सङ्लो हुन सक्दैन यसकारण पनि देशमा हुने सवै खाले आपराधिक घटनालाई निस्तेज पार्न प्रहरी प्रशासन जति सुकै सक्रिय भएपनि घटनामा कमी आउन नसक्नु मुहान फोहोर भएरै त होइन यसको पनि जवाफ खोज्नु पर्छ । राष्ट्रको निक्कै ठूलो ओहोदामा पुगेका व्यक्तिहरुबाट कल्पना नै नगरेको अपराध हुनुले बदमासहरुलाई हौसला मिलेको र देशको न्याय प्रशासनलाई समेत चूनौती दिएको छ । यसप्रति सम्बन्धित पक्षले वेलैमा सोच्ने समय आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.