घोषणा पत्र(कविता)

सिएन गौतम,इटहरी ,सुनसरी

A notice in Nepali from Mechinagar Ward No. 10

केही दिनको अविरल वर्षाले
अलिक तल 
थुप्रै चीज बगाइ ल्याएछ

बगाइ ल्याएछ
ससना बच्चाका कोक्रा
निप्पल भएका बोतलहरु
जुत्ता,चप्पल,सिसाकलम,कापी किताबहरु,
बार्बी डल,खेलौना ,साइकल र बर्थ डे गीफ्टहरु

बगाइ ल्याएछ
बुढाबुढीका वैशाखीहरु 
वृद्ध भत्ताका कागज पत्रहरु
भानुभक्त रामयणका पुस्तकहरु
पुराना फोटा एल्बम र नागरिकताहरु

बगाइ ल्याएछ
परदेशी माया मिसिएको चक्लेट,
मोबाइल र पर्फ्युमका बट्टाहरु,
केही थान फोटा फ्लेक्सहरु
मेनपावरका भिजीटिङ कार्डहरु,राहदानी
रेमिटान्सका राता पहेला बिलहरु
इपीएसका प्रवेश पत्र 
थुप्रै शैक्षिक योग्यताका प्रमाण पत्रहरु

र सँगसँगै बगाइ ल्याएछ 
थुप्रै पार्टीका झन्डा र घोषणा पत्रहरु
सबै घोषणा पत्रका
बुँदा नम्बर:२ मा यस्तो लेखिएको थियो
चाँडो भन्दा चाँडो तट्बन्धन निमार्ण गरि पक्की पुल बनाइने,सुकुम्बासी समस्याको हल गर्ने र दीर्घकालीन रोजगारी व्यवस्था मिलाइने छ

(सिएन गौतम इटहरी ,सुनसरी निवासी हुन् । उनले कविता र गैर आख्यानमा कलम चलाउदै आएका छन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.