” रूमाल” : कवि नवराज मैनाली

A notice in Nepali from Mechinagar Ward No. 10

पुरानो जिन्स पाइन्टको खल्तिमा
पुरानो बुट्टे सेतो धमिल्लिएको रुमाल
अहिले सम्म रहेछ

अहिलेसम्म त्यो रुमाल
यसरी खल्तीमा अल्मलिनु
उनी अल्मलिनु र रुमाल खल्तीमा रहनु
ती यादहरु गुम्सिएर रहनु एउटै हो कि?

जुन रुमाल खल्तिमा भेटियो
त्यो प्रेमकै पहिचान हो
पहिचान भएर रहनु
यादहरु बिस्तारै आउनु
पहिलो प्रेमको बज्रपात बल्झिनु हो

मैलो त्यो सेतो रुमाल
सम्बन्ध मैलिएको प्रतीक हो

मान या नमान चोखो प्रेमको दाग
त्यो रुमालले बिर्सन सकेन
वर्षाैंदेखि खल्तिमा थुनिएको रुमाल
आज बल्ल मुक्त भएको छ

पानी सरफ र यी मेरा हात छुन पायो
घाम सँग आफ्नो रंग देखाउन पायो
आफू सँग भएको त्यो बुट्टा सँग जिस्किदै
जाली प्रेम बाट बच्दै नयाँ खल्ती खोज्दैछ त्यो रुमाल

बिर्सिनेले त बिर्सिएर गएछ रुमाल
लिनेले पनि याद गरेन त्यो रुमाल

अचानक सम्झायो उहीँ पुरानो पेन्ट्ले
फुत्त गोजीबाट हाम फाल्यो
पल्टायो स्मृतिका पानाहरु

टक्क रोकिए आखाँहरु
झरे मोति झैं आँशुहरु

रुमाल रुमाल नै हो
रुमाल मैलिएर,च्यातिएर जान्छ
सम्झना न च्यातिन्छ न मैलिन्छ

जीवनका हरेक यात्रामा
अनेकौं रुप लिएर आउने नै छ रुमाल
म भने खोजी रहेको छु पुरानो रातो रुमाल।।

(सुनसरी इटहरीका कवि नवराज मैनाली करीब दुई दशकदेखि काव्य विधामा आफ्नो कलम चलाउँदै आएका छन्। उनको ” नयाँ युगको खोजी” कविता सङ्ग्रह समेत प्रकाशित छ ।उनका कवितामा देश प्रेम,जीवन भोगाइ,मानवता,प्रकृति प्रेम,संघर्ष,विद्रोह,साँस्कृतिक पहिचान चेतना आदि पाइन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.