नपठाएको प्रेमपत्र-१

A notice in Nepali from Mechinagar Ward No. 10

प्यारी सपु…..
धरै धेरै मायाहरु…..
दूर शहरको कुनै कुइनेटाहरुमा आफ्नो भविष्य खोजिरहेको यो तिम्रो साथी सँधै तिम्रो सामिप्यताबाट टाढा हुन पूग्छ, चाहनाको परिधी छिचोलेर…..। भाग्यको खेल भनौं कि नियती को खेल भनौं मनका जीजिविषाहरुलाई भौंगोलिक दुरीसँग संझौंता गरेर केवल एउटै सपनामा रमिरहेछु । मायाले जीवनलाई बाँच्न प्रेरित गर्छ होला र नै जीवनको वास्तविकताबाट पलायन भएकाहरु पनि एउटा अनौंठो र अपरिभाषित भरोसामा समर्पित हुन पुग्छन् ।
मनको बाटो भएर मात्र मनभित्र छिर्न सकिन्छ होला र नैं आत्मीयताको गोरेटो हिड्नुपर्छ होला । मनको असंख्य कोठा चोटाहरुमा एउटा सानो ठाँउ पाउनको लागि कति सम्म गर्नुपर्छ त्यो त मन नपाएकाहरुलाई थाहा होला । कसैले दिएको स्यानो विश्वास र भरोसा कसैको लागि बाँच्ने प्रेरणाको स्रोत बन्दो रहेछ । घृणा, तिरस्कार अनि वहिस्कारका ज्वारभाटाहरुलाई निभाउने एउटा मात्र अचुक औंषधी छ यो संसारमा जसलाई हामीले माया भनेर नामाकरण गरेका छौं ।
चाहे थोरै होस वा धेरै कसैको मस्तिष्कमा तनाव छ जसलाई सरल अवतरण गराउने एउटा राम्रो चिज यो संसारमा केही छ त त्यो माया नै होला जस्तो लाग्छ । त्यसैले त मेरो मनभित्र ढुकढुकी बनेर रहेकी छौं तिमी । तिम्रो माया नहुँदो हो त सायद मलाई जीवन भोगाइको वास्तविकता बुझ्न गाह्रो हुन्थ्यो होला । आज मसँग भएको र संगाल्न सक्ने एउटै अमूल्य चिज छ त त्यो तिम्रो माया, विश्वास र समर्पण हो । म हरेक कुरामा आफूलाई बदल्न सकुँला तर मेरो नम्र निवेदन छ तिमी सँग मायाको विषयमा म आफूलाई बदल्न सक्दिन सपु…….
उही तिमीलाई माया गर्ने
रिदम…
२०६६/०९/२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.