आज वीपी जयन्ती, मेचीनगर वीपी पुष्पलाल बाटिकास्थित शालिकमा माल्यार्पण

A notice in Nepali from Mechinagar Ward No. 10

६ साउन, मेचीनगर ः प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४४ औँ वीपी स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

यसै सन्दर्भमा झापाको मेचीनगरमा पनि विविध कार्यक्रम गरी नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको स्मरण गरिएको छ ।

नेपाली काँग्रेस मेचीनगर— ६ नम्बर वडा समितिले आयोजना गरेको कार्यक्रममा काँकरभिट्टास्थित बीपी—पुष्पलाल वाटिकामा रहेको वीपी कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा महासचिव पुष्पलाल श्रेष्ठको शालीकमा माल्यपर्ण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस कोशी प्रदेश कार्य समिति सदस्य विमल आचार्य, नेपाली काँग्रेस कोशी प्रदेश सभाका प्रमुख सचेतक गोपाल तामाङलगायत सहभागी प्रदेश, जिल्ला, क्षेत्रतहका नेता कार्यकर्ताले दुवै नेताको तस्वीरमा माल्यपर्ण गरेका थिए । कार्यक्रममा नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको योगदान कसैले पनि भुल्न नहुने बताईयो ।

जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको स्मरण गराईएको थियो । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । प्रजातन्त्र स्थापनाको मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा विसं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि विसं २००७ को क्रान्ति सफल भयो ।

विसं १९७१ भदौ २४ गते जन्मेका कोइरालाको क्यान्सर रोगले विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । काँकरभिट्टा बहुमुखी क्याम्पसका प्राध्यापक हेमकुमार खडकाले वीपीको व्यक्तित्व तथा कृतित्व र राजनीति क्षेत्रमा पुर्याएको योगदानका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस झापा जिल्ला कार्य समिति सदस्यहरु दुर्गाप्रसाद सापकोटा, हर्कबहादुर फियाक लिम्बु, ललितबहादुर तामाङ, वीना तामाङ, सावित्रा लुइटेल, महाधिवेशन प्रतिनिधि रोहितकुमार बुढाथोकी, बालाजित राई, विक्की मजुम्दार, नेपाल महिला संघ १ नम्बर क्षेत्रीय सभापति रचना घिमिरेलगायतको उपस्थिति रहेको थियो । नेपाली काँग्रेस, मेचीनगर ६ नम्बर वडा सभापति पारस सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रोजी तामाङले गरेकी थिईन् ।

 

यसै, अवसरमा झापाको मेचीनगर —८ रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल शिवालयधाम घैलाडुब्बा मन्दिर परिसरमा एकसय एउटा सुपारीको विरुवा रोपण गरिएको छ ।

नेपाली काँग्रेस मेचीनगर ८ नम्बर वडा समितिले आयोजना गरेको कार्यक्रममा महासमिति सदस्य प्रेम सम्वाहाम्फे, महाधिवेशन प्रतिनिधि पुष्पराज पौडेललगायत पार्टीका सवै तहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको नेपाली काँग्रेसका नेता, एवम् मेचीनगर नगरपालिका वडा नम्बर —८ का वडाध्यक्ष गिरीराज धमलाले जानकारी दिए ।

यसैबीच नेपाली काँग्रेस आवद्ध संयुक्त भातृ संगठनको आयोजनामा मेचीनगर— ६ काँकरभिट्टामा बृहद रक्तदान कार्यक्रम सम्पन्न भयो ।

तरुण नेता अर्जुन राइृका अनुसार कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस कोशी प्रदेश कार्य समिति सदस्य विमल आचार्यले कार्यक्रमको उद्घाटन गरेका थिए । लक्ष्मीनारायण— हनुमान मन्दिर परिसरमा आयोजित रक्तदान कार्यक्रमको विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटि झापा शाखाका सभापति लोकराज ढकाल थिए ।

कार्यक्रममा जनपद, सशस्त्र प्रहरी सहित सर्वसाधारण गरी कुल ४५ जनाले रक्तदान गरेको महाधिवेशन प्रतिनिधि विक्की मजुम्दारले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटि झापा शाखाको प्राविधिक सहयोगमा भएको रक्तदानको कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ र महाधिवेशन प्रतिनिधि विक्की मजुम्दारले संयुक्तरुपमा रक्तदान गरेर शुभारम्भ गरेको थिए ।

तरुण दल मेचीनगर —६ नम्बर वडा सभापति प्रल्हाद राईको सभापतित्वमा सम्पन्न रक्तदानको सञ्चालन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासघ झापा निर्वाचन क्षेत्र १ प्रदेश निर्वाचन क का सभापति उदयकुमार श्रेष्ठले र स्वागत नेपाल महिला संघ १ नम्बर क्षेत्रीय सभापति रचना घिमिरेले गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.