चार युवा लागुऔषध सहित इलामबाट पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

३१ जेठ, इलाम : लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार साँझ ५ बजेको समयमा इलामको माई नगरपालिका–४ शंकर गाउँस्थित झापाको बिर्तामोडबाट माई नगरपालिकाको गङगोटे हुँदै शितली बजार छिर्ने क्रममा बाटोमा प्रहरी चौकी दानबारीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।

मोटरसाइकलमा आउँदै गरेका चार जनालाई शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले चेकजाँच गरेको थियो। उनीहरूको साथबाट ब्राउन सुगर (खैरो लिसाईलो पदार्थ) अन्दाजी ५ ग्राम र चलाएर ल्याएको प्रदेश नं १–०१३ प. ७२२२ र ना. ३२ प. ६९१९ नं. को मोटरसाइकलसहित पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा जिल्ला इलाम माई नगरपालिका ८ बस्ने वर्ष–२८ महेश थापा, सोही स्थान बस्ने वर्ष–३० को कुविरसिंह तामाङ, माई नगरपालिका १ बस्ने वर्ष–२२ को रुपेशकुमार खत्री र माई नगरपालिका ३ बस्ने वर्ष–२३ को सुदीप कुमार दनुवार रहेका छन्। पक्राउ परेका ४ जना, मोटरसाइकल र बरामद भएको लागू औषधसहित जिल्ला प्रहरी कार्यालय इलाममा ल्याएर अनुसन्धान भई रहेको छ प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.