सर्वोच्चको फैसलाले निर्दलीय व्यवस्था जस्केलाबाट छिर्यो – नेकपा एमाले

‘अदालतले प्रधानमन्त्री नियुक्त गर्ने अभ्यास शुरु भएको छ’

२८ असार, काठमाडौं : नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाबाट सरकार बनाउने ठाउँ खोज्न अन्तै जानुपर्ने अवस्था सिर्जना भएको ठहर गरेको छ । सोमबार बसेको एमाले स्थायी कमिटीको अनौपचारिक बैठकले अदालतको फैसला निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराउन खोजेको ठहर समेत गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अनौपचारिक बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्चको फैसलाले नेपालको लोकतान्त्रिक प्रणालीका आधारभूत संरचनाहरुलाई खल्बल्याउने काम गरेको बताउनु भयो ।

ज्ञवालीले भन्नु भयो- सरकार बनाउने संविधानका आफ्नै व्यवस्थाहरु छन् । आजको फैसलाबाट हामीले सरकार बनाउने ठाउँ खोज्न अन्तै जानुपर्ने भएको छ । सर्वोच्चले प्रधानमन्त्री नियुक्त गर्ने लोकतन्त्रमा कल्पनाबाहिरको अभ्यास आजबाट भएको छ । यसले हामीलाई चिन्तित तुल्याएको छ ।

सर्वोच्चको फैसलाले दलहरुले संघर्ष गरेर ३२ वर्षअघि समाप्त गरेको निर्दलीय प्रणाली जस्केलाबाट छिर्न थालेको आभास भएको एमालेले जनाएको छ । एमालेले सर्वोच्चको फैसलापछि उत्पन्न परिस्थितिबारे औपचारिक धारणा तय गर्न स्थायी कमिटीको औपचारिक बैठक मंगलबार बोलाएको छ ।

स्थायी कमिटीको अनौपचारिक बैठकमै वार्ता टोलीका माधव नेपाल पक्षीय संयोजक भीम रावलले कार्यदलको प्रतिवेदन अध्यक्ष ओलीलाई बुझाउनु भएको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.