३१ असार, मेचीनगर : झापाको मेचीनगर— ६ काँकरभिट्टामा फिटनेश पार्कको निर्माण कार्य तीब्ररुपमा भइरहेको छ । कुल १९ लाख ९१ हजार १ सय ३६ रुपैयाँ कुल लागत अनुमान गरिए पनि १९ लाख ९१ हजार ६ सय ८७ रुपैयाँमा सम्भौता भई भानु फिटनेश पार्कको निर्माण तीब्ररुपमा भइरहेको हो ।
भानु फिटनेश पार्क उपभोक्ता समिति मेचीनगर—६ मार्फत निर्माण भइरहेको पार्कबाट ४ हजार ७ सय ५० जना जनता लाभावन्तित हुने बताईएको छ । कामको शुरु मिति २०७८ जेठ ३१ गते र सम्पन्न गर्नुपर्ने मिति २०७८ असार २५ गते उल्लेख भउपनि कोभिड १९ का कारण समयमै निर्माण कार्य सम्पन्न नभएको भानु फिटनेश पार्क उपभोक्ता समिति मेचीनगर — ६ का अध्यक्ष भुपाल ओलीले बताउनुभयो ।