तालिबानले रोक्यो भारतसँगको व्यापार

A notice in Nepali from Mechinagar Ward No. 10

अफगानिस्तानको सत्ता कब्जामा लिएको तालिबानले भारतसँगको व्यापार बन्द गरेको जनाएको छ।

सामान्यतयाः दुई देशबीच मालबाहक सवारी पाकिस्तानको मार्गबाट गुड्ने गर्छन्। भारतीय निर्यात संगठन महासंघले सवारीको आवागमन रोकिएको जनाएको छ। जसकारण लाखौं डलर बराबरको सामान आयात र निर्यात रोकिएको छ।

अफगानिस्तानमा भारतले निकै ठूलो परिमाणमा निर्यात व्यापार गर्ने गरेको छ। भारतले अफगानिस्तानमा बाँध, विद्यालय र सडकहरूको विकासमा पनि अर्बौं डलर लगानी गरिरहेको छ।

रिपोर्टका अनुसार भारतले अफगानिस्तानबाट ठूलो मात्रामा ड्राइफ्रूट आयातसमेत गर्छ। भारत बाहेक पाकिस्तानले पनि अफगानिस्तानबाट ड्राइफ्रूट आयात गर्ने गरेको छ। अफगानिस्तानको बदाम, किसमिस र पिस्तालगायत सामानको मुख्य क्रेता भारत हो।

ड्राइफ्रूट आयातको हिसाबले अमेरिका, जर्मनी र हङकङ पछि भारत चौथो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.