वाट्सपमार्फत प्रधानमन्त्री देउवालाई प्रवक्ता शर्माको ज्ञापन पत्र

१३ भदौ, मेचीनगर : मेचीनगरका एकदर्जनबढि संघ संस्थाले नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ज्ञापन पत्र प्रवक्ता शर्माले प्रधानमन्त्री कार्यालय पुग्ने गरी वाट्सपमार्फत पठाउनुभएको छ ।

केहीदिनअघि झापाको मेचीनगरसहित १ नम्बर प्रदेशका उद्योगी व्यवसायीहरुले पूर्वी काँकरभिट्टा नाकालाई सहज बनाउन आग्रह गदैं प्रधान मन्त्रीलाई पठाएको ज्ञापन पत्रकै व्यहोरामा आइतबार नगरभरिका व्यवसायीहरुले नेपाली कााग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मामार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाए लगत्तै प्रवक्ता शर्माले प्रविधिको प्रयोग गदैं तत्कालै प्रधानमन्त्री कार्यालय पुग्ने गरी वाट्सपमार्फत पठाउनुभएको हो ।

होटल व्यवसायी महासंघका केन्द्रिय सचिव राजु अधिकारी नेतृत्वको एक प्रतिनिधि मण्डलले प्रवक्ता शर्माको निवास धुलाबारीमा पुगेर नेपाल प्रवेशको पूर्वीनाका काँकरभिट्टाबाट नेपाल आउन चाहाने भारतीय व्यवसायी, पर्यटक, कामदार, विरामीलाई पीसीआर रिपोट वा खोप कार्डको आधारमा सहजताका साथ नेपाल आउने व्यवस्था मिलाईदिन माग गदैं शर्मा मार्फत प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्री परिषदको कार्यालय, सिंहदरबार, काठमाण्डौमा ज्ञापन पत्र बुझाएका थियो ।

नोवल कोरोना भाईरस कोभिड १९ को विश्वव्यापी महामारीबाट सृजित विषम परिस्थितिका कारण लामोसमयदेखि लगातारको बन्दाबन्दी लकडाउनका कारण नेपाली आर्थिक क्षेत्रले ठूलो नोक्सानी खेप्दै आएको भन्दैं व्यवसायीले अन्य नाका झै पूर्वी नाकालाई पनि सहज बनाउन आग्रह गरेको केन्द्रीय महासचिव अधिकारीले बताउनुभयो ।

लगातारको बन्दाबन्दीबाट थलिएको व्यापार, व्यवसायलाई सुचारु गराउन आवश्यक सहजिकरणका लागि स्थानीय व्यवसायीहरुको तर्फबाट विभिन्न माध्यमबाट सामूहिक माग हुँदै आएको अवस्था भएको र मेचीनगरको व्यापार, व्यवसाय क्षेत्रलाई सुरक्षित एवम् सावधानी पूर्वक क्रमशःचलायमान बनाउदै लैजाने विषयमा व्यवसायीहरुले प्रवक्ता शर्माको ध्यानाकर्षण गराएका थिए ।

नेपालको सुदुरपूर्वी क्षेत्रको व्यपार, व्यवसायलाई चलायमान राख्न भारतीय पर्यटकको समेत महत्वपूर्ण योगदान रहँदै आएको भन्दैं विज्ञप्तीमा यसका अलावा दुवैदेशको सिमान्तक्षेत्रका वासीन्दाहरुको औषधोपचार, अध्ययन, रोजगारी सहित आपसी पारिवारीक सम्बन्धका कारण समेत लामो समयदेखि जारी नाकाबन्दले समस्या उत्पन्न भएको समस्या प्रवक्ता शर्मा समक्ष उनीहरले राखेका थिए ।
भारततर्फको नाकाबाट काँकरभिटटा हुदै भारत जाने मानिसहरुलाई कोभिड विरुद्धको पूर्ण मात्रा खोप लगाएको वा पिसिआर रिपोट भएकालाई भारत प्रवेशमा कुनै अवरोध नभएको भन्दैं व्यवसायीहरुले काँकरभिटटा नाका हुदै नेपाल प्रवेश गर्ने मानिसहरुलाई समेत कोभिड विरुद्घको पूर्ण खोप लगाएको अथवा पिसिआर रिपोटको आधारमा सहज आवज–जावत गर्ने ब्यवस्थाको लागि सरकारसँग आग्रह गरेका छन् ।

होटल व्यवसायी महासंघका केन्द्रिय सचिव राजु अधिकारी, संघका मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ, पुर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, खुद्रा व्यापार संघका मेचीनगर अध्यक्ष भुपाल शिवाकोटी, नाटा प्रदेश नम्बर १ का अध्यक्ष उदयकुमार श्रेष्ठ, झापा ट्राभल संघका अध्यक्ष निरबहुदर कार्की (नेत्र), साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष ज्ञानेन्द्र घिमिरे, पुर्वी नेपाल यातायात व्यवसायी प्रालिका अध्यक्ष केशव गिरी, सुनौलो यातायात प्रालिका अध्यक्ष भुपाल ओली, महेन्द् राजमार्ग यातायात कर्मचारी कल्याण कोषका अध्यक्ष बिष्णु गौतम, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष खडानन्द भण्डारी, अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष हरि निरौला, नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष विजय सुवेदी, मेची अञ्चल इ–रिक्सा टेम्पो यातायात प्रालिका अध्यक्ष गणेश चौहान, नेपाल यातायात मजदुर संघका अध्यक्ष बिशाल तामाङ, राष्ट्रिय उद्योग व्यापार महासंघ मेचीनगर अध्यक्ष रामबहादुर तामाङ र काँकरभिट्टा नाका सहजिकरण तथा व्यवस्थापन समितिका सचिव हस्तकुमार तामाङले प्रवक्ता शर्मालाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.