मेस्सीको डेब्यू खेलमा जीतसँगै फ्रेन्च लिग वानमा पीएसजीको लगातार चौथो जीत

A notice in Nepali from Mechinagar Ward No. 10

१४ भदौ, काठमाडौं : फ्रेन्च लिग वान फुटबलमा  पेरिस सेन्ट जर्मन (पीएसजी)ले रेम्सलाई २-० ले  हराएको छ। अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीले डेब्यू गरेको खेलमा पिएसजीले लगातार चौथो जित निकालेको हो। चारै खेल जितेको पिएसजी तालिकाको शीर्ष स्थानमा छ।

उसको जितमा किलियन एम्बाप्लेले दुई गोल गरे। पहिलो २ खेलमा पनि एम्बाप्पेले गोल गरेका थिए। ​पीएसजीबाट स्पेनिस ला लिगा क्लब रियाल मड्रिड जाने चर्चाका बीच एम्बााप्पे पीएसजीबाटै मैदान उत्रिएका थिए। उनी जारी सिजन उत्कृष्ट लयमा देखिएका छन्।

मेस्सी ६६औं मिनेटमा नेइमारको स्थानमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए। उनले मैदानमा समर्थकबाट दरिलो साथ पाएका  थिए। मेस्सी  बार्सिलोनाबाट पीएसजीमा आबद्ध भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.