ब्राउन सुगरसहित दुई महिला पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

१६ भदौ, मेचीनगर : सशस्त्र प्रहरीले नेपालमा प्रतिबन्धित लागूऔषधसहित दुईजना महिलालाई भाद्र १५ गते साँझ ५ बजे नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेका अनुसार झापाको मेचीनगर—१५ कालिका टि स्टेट सीमा इलाकाबाट झापा शिवसताक्षी —७ बस्ने २१ वर्षीया निशा जोगी र मोरङ सुन्दरहरैचा —१० बस्ने ३९ वर्षीया बिमला ढकाललाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ज्यामिरगढीका सशस्त्र प्रहरी नायव निरीक्षक यमप्रसाद दाहालको नेतृत्वमा रहेको टोलीले शंका लागि उनीहरुलाई चेकजाँच गर्ने गर्नेमा उनीहरुका साथबाट १६ दशमलव १५ ग्राम ब्राउन सुगर फेला परेको थियो । त्यस लगत्तै दुवैलाई प्रहरीले नियन्त्रणमा लिइएको बताइएको छ । लागूऔषधसहित उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चन्द्रगढी झापामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।

मुख्यः नाकामा प्रहरीले चेकजाँचमा कडाई गरे लगत्तै यसमा संलग्न कारोवारीहरुले वैकल्पिक नाका प्रयोग गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.