क्रिस्टियानो रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता

A notice in Nepali from Mechinagar Ward No. 10

पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो अब अन्तर्राष्ट्रिय फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडी बनेका छन् । इरानका लिजेन्ड खेलाडी अली दईका नाममा रहेको सर्वाधिक १०९ गोलको रेकर्ड रोनाल्डोले विश्वकप छनौट दौरान तोड्दै आफ्नो नाममा लेखाएका हुन् । ३६ वर्षको उमेरमा रोनाल्डो अब ताजा स्थितिमा कूल १११ गोलका साथ इतिहासकै एकल सर्वाधिक गोलकर्ता खेलाडी बनेका छन् ।

नेपाली समयअनुसार बिहीबार बिहान भएको छनौटको चौथो खेलमा पोर्चुगलले आफ्नो घरेलु मैदानमा पाहुना टोली आयरल्यान्डलाई २–१ ले हरायो । हारको मुखमा पुगेको पोर्चुगललाई रोनाल्डोले अन्तिम समयमा २ गोल गरेर उद्धार मात्रै गरेनन्, महत्त्वपूर्ण जित पनि दिलाए । खेलको १५औं मिनेटमा पेनाल्टी मिस गरेका रोनाल्डोले अन्तिम समयमा त्यसको घाटा परिपूर्ति गर्न सफल भए । र, २ शानदार हेडिङ गोल गरे ।

०–१ ले पछि परेर टिम हारको मुखैमा पुगेका बेला रोनाल्डोले ८९औं मिनेटमा गोन्कालो गुडेसको क्रस पासमा हेडिङ गोल गरेर खेल १–१ को बराबरी बनाएका थिए । त्यसपछि ९६औं मिनेमा जोआ मारियोको पासमा अर्को हेडिङ गोल गरेपछि खेल पोर्चुगलले २–१ ले जित्यो । र, रोनाल्डोले आफ्ना नाममा पनि महान इतिहास पनि रचे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.