काँकरभिट्टा बजारबाट लाखौंका म्याद गुज्रिएका सामान जफत

A notice in Nepali from Mechinagar Ward No. 10

१४, असोज, मेचीनगर :  झापा मेचीनगरको मुख्यः व्यपारिक केन्द्रविन्दु काँकरभिट्टाबाट बजार अनुगमन टोलीले बिहीबार लाखौ रुपैयाँ मुल्यका सामान जफत गरेको छ ।
दशैँ — तिहार नजिकिँदै गर्दा अत्यवश्यक खाद्य वस्तुको मुल्य दिनहुँ जसो उकालो लागेको उपभोक्ताको गुनासो आए सँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमाल नेतृत्वको अनुगमन टोलीले काँकरभिट्टाको खाद्यसहित अन्य पसलको अनुगमन गरेको थियो ।

सो क्रममा उपभोग्य मिति गुज्रिएका खाद्य वस्तु टोलीले नियन्त्रणमा लिईएको मेचीनगर नगरपालिका खाद्य अधिकृत दीपेन्द्र कार्कीले बताउनुभयो । दशैँ—तिहारलगायत अन्य चाडपर्वका समयमा बजारमा हुने कालोवजारी र खाद्य सामग्रीको मुल्य बृद्घि नियन्त्रण गर्न मेचीनगरमा बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रिमालले जानकारी दिनुभयो ।
टोलीले खाद्य, फलफूल विस्कुटलगायतका पसलको अनुगमन गरेको टोलीमा संलग्न नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो । खाद्यसहित अत्यावश्यक वस्तुको कृत्रिम अभाव र मुल्य ृद्घि नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता पारिने टोलीले जनाएको छ ।
अनुगमन टोलीले अनुगमनका क्रममा बिल विजक चुस्तदुरुस्त नराखेको, मुल्य सूची नराखेको राखेको भए पनि त्यसलाई दैनिकरुपमा व्यवस्थापन नगरेको, पसलमा उपभोग्य मिति सकिएका खाद्य वस्तु फेला पारेको थियो । साथै विद्युतीय तराजुको आवश्यक कागजात नराखेको फेला परे पछि तत्काल सवै प्रक्रिया पुर्याएर आवश्यक कागजात राखी दर्ता गर्न व्यवसायीहरुलाई सुझाव दिइएको छ । उपभोग्य मिति समाप्त भएको फेला पारेको ती वस्तु नष्ट गर्ने जनाइएको छ । टोलीले खुद्रा व्यवसायीहरुलाई होलसेल व्यवसायीले जारी गरेको बिल विजक सुरक्षित राख्न र अनुगमन टोलीले आवश्यक परेका बखत माग गरेका बेला उपलब्ध गराउन भनेको छ । केपी इन्टरप्राइजेज, डीसी मल्टि सेन्टर, सुशीला भेराइटीज, आस्था ट्रेडर्स, न्य भेराइटिज, मोहन किराना पसललगायतको टोलीले अनुगमन गरेको थियो ।
टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी रिमाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरी, घरेलु तथा साना उद्योग कार्यालय झापाका अधिकृत बिनोदप्रसाद न्यौपाने, जिल्ला प्रशासन कार्यालय झापाका नायव सुब्बा भीमबहादुर तामाङ, मेचीनगर नगरपालिका खाद्य अधिकृत दीपेन्द्र कार्की, गुणस्तर तथा नापतौल डिभिजन कार्यालय भद्रपुर झापाका विजयनन्द चौधरी, कामिन राजवंशी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारी, उपभोक्ता मञ्च नेपाल झापा सचिव सन्तोष न्यौपाने , नगर प्रहरी, नेपाल प्रहरीलगायतको सहभागिता थियो ।
भारतसँग सीमा जोडिएको झापाको १ सय ४४ दशमलव २ किलोमिटर खुल्ला सीमाना मध्ये मेचीनगरमात्र झण्डै ३५ देखि ४० किलो मिटर खुला मेचीनगरसँग जोडिएको बताउदैं खुला सीमानाका कारण अवाञ्चित गतिविधि हुने भएकाले सबै सचेत हुनु नगर स्तरीय अनुगमन टोलीका संयोजक एवम् नगर उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ ।

चाडपर्वका बखत बजारमा कृत्रिम अभाव सिर्जना नगर्न सबै उद्योगी व्यवसायीहरुमा उहाँले आग्रह गर्नुभएको छ । नगरपालिकाले बजार अनुगमनलाई तीब्र पार्ने भन्दैं त्यस क्रममा कसैले उपभोक्ता ठग्ने काम गरेको फेला परे तत्काल कारबाही हुने चेतावनी दिनुभयो । हरेकलाई आफ्नो पसलमा मुल्य सूची राख्न, उपभोग्य मिति समाप्त भएका खाद्य वस्तुको विक्री वितरण नगर्न समेत उहाँले अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.