मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आँटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ, व्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ । कमाई बड्नाले सुख बढ्नेछ । विगतको श्रमबाट पनि धन लाभ हुनेछ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ, परिवारमा पनि खुशिको माहोल छाउनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन । यात्रा पनि रमाइलो हुनेछ, साथीभाइसंग भेटघाट पनि होला । नौलो स्थानको यात्रा हुनेछ । रोकिएका कामहरु बन्नेछन् । धनको प्राप्ती पनि होला । स्वस्थमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
समय त्यति राम्रो छैन, गलत विचार बढने छ, समयमा सहि निर्णय गन सकिदैन । रोगले साताउला, सोच्दै नसोचेको ठाउमा रुपैयाँ पैसाको खर्च होला । सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुगा, मीठो खानाको आनन्द मिल्नेछ, केही पैसाको हानी पनि होला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
घरेलु समस्याले सताउने हुदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ । आत्म विश्वास बढ्नेछ, आफन्तको काममा नै आजको दिन बित्ने छ । अधुराकाम बन्ने तथा नयाँ काम पाउने योग छ । नोकरिमा आफनु बर्चस्व बढाउन सकिनेछ, दिन सामान्य नै छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
परिश्रम गर्दा अरुको विस्वास पनि जित्न सकिनेछ अधुरा काम बनी मन हर्षित हुने दिन छ । राम्रो संग कमाई हुनेछ । पठन–पाठनमा पनि प्रगति हुनेछ । धनलाभ पनि होला । व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन, नसोचेको ठाउँबाट केहि लाभ होला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
प्रयास गर्दा प्रेममा सफलता पाउने र वैवाहिक बन्धन प्राप्तिको योग छ, टाढाको यात्रा पनि होला । कामहरु सजिलै संग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला, व्यापार भने ठिकै मात्र छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
गलत विचार बढने, समयमा निर्णय नहुदा काममा अवरोध आउने साथै झै झगडा पनि होला । शरिरमा आलस्यता छाउने देखिन्छ कसैसंग सामान्य बादविवाद पर्ने देखिन्छ । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला यसले खर्च पनि गराउन सक्छ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापारमा सफलताले मन रमाउने छ । धन मनग्ये कमाउने अवसर मिल्नेछ, जागीरमा पनि ठिकै छ । मान सम्मान मिल्नेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका पनि पाइनेछ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन, जागीरमा पनि समस्या देखा पर्ने देखिन्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
ठूला व्यक्तिको आसा र भरोसा पनि तपाइ प्रति रहनेछ । बोलदा धेरैकामहरु सहज हुनेछन । धार्मिक काममा मन जानेछ । काममा पनि उत्साहजनक समय छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, यात्रामा भने जोग्गिएर काम गर्नु होला ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सहयोग र नयाँ मित्रको आगमनले अन्तत आफनु मन प्रसन्न हुनेछ, धनको लाभ पनि होला । सोचेका काम बन्नेछन् । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । नोकरि तथा राजनितीमा गरेका प्रयास हरु फलदाइ रहनेछन, अरुले तपाइको तारिफ गर्न सक्छन ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
परिश्रमले आफनु लक्ष पुरागर्न सकिनेछ, नोकरि र राजनितीमा केहि अप्ठ्याराको सामना गर्नु पर्ने छ । स्वास्थ्यको विशेष ख्याल गर्नु होला । सोच्दैनसोचेको ठाउमा पैसा जाने दिन छ । पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, नया कामको थालनी आज नगर्नु होला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नयाँ काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाढि बढन सकिनेछ, दिन राम्रै छ । आय बृद्धि हुने दिन छ । नयाँ कामको अवसर पनि मिल्ला, अन्नको लाभ पनि हुने दिन छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, धनको साथै अन्नको पनि लाभ हुन सक्छ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिष प.तुलसी भारद्वाज निरौला
सम्पर्क : ९८४१४०५०७३