आजको राशिफल (२०७८ साल मंसिर २ गते बिहीबार)

A notice in Nepali from Mechinagar Ward No. 10

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्, रोकिएका कामहरु बन्ने दिन छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ, साथै ब्यापार ब्यावसायबाट राम्रो लाभ पनि लिन सकिन्छ । विभिन्न अवसरले पछ्याउनेछन्, स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ ।


वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ साथै धनलाभ पनि हुनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ, दिन रमाइलो साथ बित्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ, धनको पनि लाभ होला ।


मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अवसर आए पनि विचारेर मात्र नया काम सुरु गनु होला कतै टाढाको यात्राको संभावना छ । बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ, टाढाको यात्राको पनि संभावना रहेको छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि एकदम राम्रो समय रहेको छ ।


कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
स्वास्थ्यगत कमजोरीले सताउला मनमा घरायसी पिडाले डेरा जमाउन सक्छ । आज तपाइको अनावश्यक रुपमा पैसा खर्च हुर्दछ, काम गर्नमा खासै मन नजाला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ, ब्यापार ब्यवसायमा घाटा बेहोर्नु पर्ला सावधान रहनु होला ।


सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रतिस्पर्धामा केही कमजोर सावित भइएला चिताएको काम पुरा नहुन सक्छ ।काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला, यातायातका साधनबाट पनि जोग्गिनु होला ।विशेष योजना गोप्य राख्नुहोला बन्न लागेको पनि बिग्रन सक्ने दिन छ होस पुर्याउनु होला ।


कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
रुचिका विषयमा लगानी बढाउने समय छ नसोचेको ठाउबाट आम्दानी हुने दिन छ । सहयोगीहरूले काममा साथ दिनेछन्, अनौठो तरिकाबाट रुपैयापैसा प्राँप्त हुने दिन रहेको छ । आम्दानी प्रशस्तै बढ्नेछ नया योजनाहरुको पनि सिर्जना हुने दिन छ ।


तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला, आर्थिक लाभ हुने दिन छ । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ, पुराना साथीभाइसंग पनि भेट होला । भौतिक साधन जुट्नेछन्, नउठ्ने रकम उठ्ने दिन छ मन प्रफुल्ल रहला ।


वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला साथै मनमा पिडाले पनि सताउने छ । परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् विचार गर्नु होला । ईष्र्या गर्नेहरू सक्रिय रहनेछन् छरछिमेकमा झगडा हुन सक्छ एकदमै सावधान रहनु होला ।


धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ, मानसम्मान पनि पाइएला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । नयाँ काममा समय मात्र बित्नेछ, नोकरीमा आज अल्छी लाग्न सक्छ ।


मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । मान–सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ, सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, समग्रमा दिन रमाइलो छ ।


कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । कुनै नयाकामको स्रोत फेला पर्ने दिन छ, जागिरमा भने समस्या देखा पर्ने देखिन्छ । व्यावसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जाने छ । विविधलाभ पनि होला ।


मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ भौतिक साधनको क्षति हुने दिन छ । आज तपाइको सोच्दै नसोचेको ठाउमा धन जादैछ सामान्य रोगले पनि सताउने छ होसियार रहनु होला । उपचारमा खर्च हुने योग छ । सामान्य ज्वरो आउन सक्छ खानपानमा होस पुर्याउनु होला ।


तपाईको दिन शुभ रहोस् ।


ज्योतिष प.तुलसी भारद्वाज निरौला
सम्पर्क : ९८४१४०५०७३

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.