कहाँबाट छिर्छ पटका ?

प्रहरी बरामद गदैं नष्ट गर्ने

झापा |  झापा प्रहरीले असोज २३ गते भद्रपुर नगरपालिका —३ बाट १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको पटाका बरामद गर्यो । लगत्तै भोली पल्ट वा असोज २४ गते गौरादह— ९ बाट २५ हजार मूल्य बराबरको पटाका प्रहरीले बरामद गरेको थियो ।

विशेषगरी, दिपावालीमा मनोरञ्जनकारुपमा पडकाईने यस्ता वस्तुको आयात रोक्न प्रहरी परिचालन गरिएको भए पनि भित्रिने क्रम रोकिएको छैन् । भारतीय बजारबाट चाडपर्वलाई लक्षित गरि नेपालीले यस्ता वस्तु ल्याए पनि प्रहरीले बरामद गरेर नष्ट गर्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको अभिलेख हेर्ने हो भने २७ दिनमा जिल्लाका विभिन्न स्थानबाट १३ लाख रुपैयाँ मुल्यभन्दा बढीका पटका प्रहरीले वरामद गरेको छ । एक प्रहरी अधिकारीका अनुसार गएको असोज २३ देखि कात्तिक १९ गतेसम्म १३ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको पटाका जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले बरामद गरेको छ ।

गएको कात्तिक ३ गते गौरीगञ्ज —३ बाट ५५ हजार मूल्य बराबरको पटाका बरामद गरिएको थियो, भने कात्तिक ८ गते भद्रपुर —४ बाट ५५ हजार रुपैयाँ मूल्य बराबरको पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

१३ कात्तिकमा कचनकवल— ४ बाट १ लाख मूल्य बराबरको पटाका बरामद गरिएको राम्रोसँग चौबीस घण्टा वित्न नपाउदैं मेचीनगर— १५ बाट १० हजार मूल्य बराबरको पटाका बरामद गरिएको थियो । यसअघि मेचीनगर — ५ बाट २ लाख र कात्तिक १८ गते मेचीनगर —१० बाट ३ लाख ५० हजार मूल्य बराबरको पटका मूल्य बराबरको पटाका नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कात्तिक १५ गते कचनकवल—४ बाट ५ हजार मूल्य बराबरको पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कात्तिक १९ गते बुधबार अर्जुनधारा —५ बाट १ लाख र भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याइँदै गरेको तथा लुकाई राखेको अवस्थामा प्रहरीले बुधबार तीन लाख मूल्य बराबरको पटाका बरामद गरेको छ । बुधबार दिउँसो झापाको भद्रपुर —५ मा लुकाई राखेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले सो पटाका बरामद गरेको हो । पटकाकै कारण धनजनको क्षति हुने भएकाले यसबाट निम्तिने दुघर्टनालाई रोक्न पनि यस्ता वस्तुको आयातमा स्थानीय प्रशासनले रोक लगाए पनि छिर्ने क्रम रोकिएको छैन् ।
जिल्ला प्रहरी कार्यालय झापाले कुनै पनि हालतमा जिल्लामा पटाका भित्रिन नदिने दावी गरिरहदाँ यत्रो परिमाणको पटका कसरी भित्रियो त ? प्रश्न उब्जिएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.