Sunday, June 20, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारनवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत ओझालाई सम्मान

नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत ओझालाई सम्मान

मेचीनगर | मेचीनगर नगरपालिकाको नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझालाई सोमबार कार्यालयमा स्वागत तथा सम्मान गरिएको छ ।

कार्यालयको सभाहलमा कर्मचारीकातर्फबाट आयोजना गरिएको कार्यक्रमको अध्यक्षता गदैं नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले ओझालाई खादासहित अविर पहिर्याएर कार्यालयमा स्वागत तथा सम्मान गर्नुभएको थियो ।

उपप्रमुख उप्रेतीसहित कार्यपालिका सदस्यहरु, नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, शाखा प्रमुख र अन्य कर्मचारीहरुले स्वागतसहित खादासहित अविर पहिर्याएर कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दैं प्रमुख प्रशासकीय अधिकृत ओझाले जहिले पनि आफु टिममा मिलेर दैनिक कार्य सम्पादन गर्र्ने भएकाले हरेक कर्मचारीको साथ सहयोगको अपेक्षा गर्नुभयो । सवैजना नगरवासीहरुलाई चुस्त दुरुस्त पारदर्शीरुपमा छिटो छरितो ढंगले सेवा दिन समेत लाग्नुपर्ने उहाँको भनाई थियो । कार्यालयमा काम गर्ने दौरानमा कुनै समस्या पैदा भए जनप्रतिनिधि र कर्मचारी मिलेर समाधान गर्नुपर्नेमा जोड दिनुभयो । जनप्रतिनिधिको निर्णय, सरकारको नीति तथा निर्देशन र नगरवासीको आवश्यकता एवभ् भावना बमोजिम नगरको हितमा आफु सदैव प्रतिवद्ध रहने बताउनुभयो झापा लखनपुरका स्थायी बासीन्दा ओझा मोरङको रतुवामाई नगरपालिकाबाट सरुवा भएर आउनुभएको हो ।

उपप्रमुख उप्रेतीले जनप्रतिनिधि र कर्मचारीबीच समधुर सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो । जनप्रतिनिधि र कर्मचारीबीचको समबन्ध समधुर हुनुपर्ने जस्ले गर्दा कार्यालयको दैनिक कार्यसम्पादनमा समेत सहज हुने र सेवाग्राहीले समयमै सेवा लिन सक्ने धारणा राख्नुभयो । नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले सञ्चालन गरेको कार्यक्रममा शिक्षा शाखा संयोजक होमनाथ भण्डारी, स्वास्थ्य शाखा संयोजक शशीकला राई योजना शाखा प्रमुख इञ्जिनियर कमल कोइरालालगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु