मेचीनगर नगपालिकालाई वडाध्यक्षहरुको ज्ञापन पत्र

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर | संघीय सरकारले स्थानीय सरकारसँग समन्वय नगरी कर्मचारीको सरुवा गरेको भन्दैं मेचीनगर नगरपालिका सातजना वडाध्यक्षहरुले आगामी दिनमा यस्तो हुन नदिन माग गदैं सोमबार नगर उपप्रमुख मीना पोखरेल उप्रेतीलाई ज्ञापन पत्र बुझाएका छन् ।

तात्कालिन प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्सालले कार्यभार सम्हालेको १ महिना पनि वित्न नपाउदैं संघीय सरकारले सरुवा गरेको भन्दैं वडानम्बर ४ का वडाध्यक्ष नवीन वराल, ५ का योगेन थापा मगर, ६ का ललितबहादुर तामाङ्ग, ७ का चन्दन मेचे, ९ का गोपाल खड्का १० का सुवेशकुमार पनेरु र १५ का गुणराज भट्टराइको संयुक्त हस्ताक्षर भएको ज्ञापन पत्र वडानम्बर १० का वडाध्यक्ष सुवेशकुमार पनेरुले उपप्रमुख मीना पोखरेल उप्रेतीलाई बुझाउनुभएको हो ।

कर्मचारी सरुवाका विषयमा स्थानीय र प्रदेश सरकारबीच समन्वय नभए नगरका गौरवका योजनाहर समेत अलपत्र पर्ने ज्ञापन पत्रमा उल्लेख छ । संघीय सरकारले नगरसँग समन्वय नगरी सरुवा निर्णय गर्दा स्थानीय सरकारमा भएको प्रत्यक्ष हस्तक्षेप भएको ठहर वडाध्यक्षहरुको छ । लम्सालको केहि दिनअघिमात्र सरुवा भएको छ । मेचीनगर नगरपालिकामा मोरङको रतुवामाई नगरपालिकाबाट सरुवा भएरप्रमुख प्रशासकीय अधिकृतका रुपमा खेमराज ओझाले पदभार ग्रहण गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.