नेकपा सचिवालय बैठक सुरु, ओली पनि सहभागी

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक सुरु भएको हो । एक बजेका लागि बाेलाइएकाे बैठक केही ढिला गरी सुरु भएकाे हाे ।

बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका नाै जनै सदस्य सहभागी भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

आजै प्रधानमन्त्री ओलीले दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक भने दुई बजेलाई सारिएको छ ।

यसअघि प्रचण्डले आफूमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेको भन्दै ओली र उहाँ पक्षका नेताहरूले प्रस्ताव फिर्ता गर्न आग्रह गरेका थिए । तर प्रचण्ड र उहाँ पक्षका नेताहरूले भने प्रस्ताव फिर्ता नहुने र बैठकमै छलफल हुने अडान लिएका थिए ।

गएको शुक्रबार बसेको सचिवालय बैठकले प्रचण्डसहित पाँच नेताले बुझाएको लिखित अनुरोधपत्र, ओली र प्रचण्डको पत्र तथा प्रचण्डको राजनीतिक प्रतिवेदन अध्ययनपछि आजको लागि बैठकको मिति तय गरेको थियो । दुई अध्यक्षबीच लिखित रूपमै आरोप–प्रत्यारोप र सवाल–जवाफ बढ्दै गएपछि नेकपाभित्रको विवाद थप बढेको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.