राष्ट्रपतिको राजीनामा माग्दै श्रीलंकामा आम हड्ताल

A notice in Nepali from Mechinagar Ward No. 10

कोलम्बो : श्रीलंकामा राष्ट्रपति गोतबाया राजपाक्षेको राजीनामा माग्दै आमहड्तालको समर्थनमा बिहीबार सबै कार्यालय र यातायात ठप्प भएका छन्।

 

 

श्रीलंका गम्भीर आर्थिक र राजनीतिक संकटमा फसेको छ।

बिहीबार राजधानी कोलम्बोका औद्योगिक/व्यावसायिक कार्यालय ठप्प थिए। बैंकका कर्मचारीहरू, शिक्षकहरू र पेशागत संगठनका कार्यकर्ताले जुलुस निकालेका थिए। उनीहरूले राष्ट्रपतिको कार्यालयका सामु मुख्य प्रदर्शन स्थलमा मार्च गरे।

उक्त ठाउँमा कैयौँ सातादेखि प्रदर्शनकारीहरू उपस्थित छन्। डाक्टर र नर्सहरूले पनि आफ्नो खाजा खाने समयमा हडताललाई समर्थन गर्दै उपस्थित भए।

अत्यधिक विदेशी ऋणका कारण श्रीलंका टाट पल्टने अवस्थामा पुगेको छ। ऊसँग विदेशी मुद्रा सञ्चिति निकै कम छ। यसले गर्दा इन्धन र खाद्यान्नजस्ता महत्त्वपूर्ण वस्तुहरू आयात गर्न सकेको छैन।

गत मार्च ३१ तारिखदेखि सडकमा उत्रिएका प्रदर्शनकारीहरूले यो गम्भीर आर्थिक संकटको दोष करिब २० वर्षदेखि शासन गरेका राष्ट्रपति गोतबाया राजपाक्षे र उनको परिवारलाई लगाएका छन्। श्रीलंकाली जनताले यसका लाग मुख्य जिम्मेवार ठहर्‍याउँदै मार्चदेखि निरन्तर विरोध गर्दै आएका छन्।

यसअघि श्रीलंकाले यो वर्ष तिर्नैपर्ने ७ अर्ब अमेरिकी डलर ऋण पनि भुक्तानी गर्न सकेको छैन। उसले सन् २०२६ सम्म २५ अर्ब अमेरिकी डलर विदेशी ऋण भुक्तान गर्नुपर्नेछ।

श्रीलंकासँग विदेशी मुद्रा सञ्चिति घट्दै गएको छ। हाल ऊसँग एक अर्ब डलरभन्दा कम विदेशी मुद्रा सञ्चित छ।

विदेशी मुद्राको अभावका कारण इन्धन, घरेलु ग्याँस, औषधि र दूध आयात बन्द भएको छ। देशमा यी वस्तुको अभाव हुन थालेपछि सामान्य वस्तु किन्न पनि घण्टौं लाइनमा बस्नुपरेको छ।

यसै क्रममा सरकारी अधिकारीले रूसले युक्रेनमा गरेको आक्रमण र कोरोना भाइरसको संक्रमणलाई यो आर्थिक संकटको कारण भन्दै ऋण तिर्नका लागि अन्तरराष्ट्रिय मुद्राकोष (आइएमएफ) र चिनियाँ अधिकारीसँग छलफल गरेका छन्।

अर्कोतर्फ राजपाक्षेले आफ्नो मन्त्रिपरिषद् पुनर्गठन गर्न खोजेका थिए। उनले सबै दललाई सरकारमा सहभागी गरेर आन्दोलनकारीलाई शान्त पार्ने प्रयास गरे तर विपक्षी दलहरूले राजपाक्षेका दुई भाइको नेतृत्वमा सरकारमा सामेल हुन अस्वीकार गरे। अरू व्यक्तिलाई प्रधानमन्त्री बनाए सर्वदलीय सरकारमा सहभागी हुन सक्ने दलहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.