सीट बाँडफाँडबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

A notice in Nepali from Mechinagar Ward No. 10

२ भाद्र, काठमाडौँ : सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बोलाइएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्। अहिले बिहान १० बजे बैठक बस्ने तय गरिएको छ।

आजको बैठकमा चुनावी तालमेलका विषयमै छलफल हुने भएको छ। विशेष गरी सीट बाँडफाँडको विषयमा छलफल हुने जनाइएको छ।

गठबन्धन कार्यदलको बुधबार बसेको बैठकले शीर्ष नेतासँग छलफल गर्ने तय गरेको थियो। अहिलेसम्म भएको प्रगतिका विषयमा शीर्ष नेतालाई जानकारी गराउने र त्यसपछि सीट बाँडफाँडको टुंगो लगाउने सहमति भएको थियो।

त्यसैअनुसार, गठबन्धन कार्यदलका संयोजक कृष्णबहादुर महराले त्यसबारे शीर्ष नेताको बैठकमा जानकारी दिने भएका छन्। कार्यदलमा छलफल भएको सीट बाँडफाँडको प्रस्ताव शीर्ष नेताको बैठकमा प्रस्तुत गरिने भएको छ।

गठबन्धनले गत साउन २० गते कार्यदल बनाएको थियो। एघार सदस्यीय कार्यदलमा कांग्रेसबाट तीन तथा अन्य चार दलबाट दुई दुई सदस्य रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.