वैशाख १६ गते प्रथम दनुवार महोत्सव धुलाबारीमा हुने

A notice in Nepali from Mechinagar Ward No. 10

१३ वैशाख, मेचीनगर : प्रथम दनुवार जाति जागरण कला तथा सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ ।

दनुवार जागरण समिति मेचीनगरले आज धुलाबारीमा पत्रकार सम्मेलन गरी वैशाख १६ गते धुलाबारीको पुरानो पशुहाटमा एक दिवसीय महोत्सव आयोजना हुने जनाएको हो ।

दनुवारहरुको जातीय पहिरन, कला, संस्कृति, भेषभुषा, खाना, गहनाको प्रदर्शनी महोत्सवमा गरिने समितिका जिल्ला अध्यक्ष श्याम दनुवारले जानकारी दिनुभयो । सो अवसरमा ज्येष्ठ नागरिकको सम्मान गरिने भएको छ ।

महोत्सवमा जिल्लाभरबाट ५०० भन्दा बढी दनुवार समुदायको सहभागिता रहने बताइउको छ । दनुवार जागरण समितिका केन्द्रीय अध्यक्ष रामकुमार सिंह दनुवारले महोत्सवको उद्घाटन गर्ने बताइएको छ ।

केन्द्रीय सल्लाहकार अग्नीमाया मेचे दनुवारले महोत्सवमा ३ लाख ८० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो ।

स्थानीय सरकारसँग महोत्सवका लागि सहयोग मागिने मेचीनगर अध्यक्ष मोहन दनुवारले बताउनुभयो ।

कार्यक्रममा नेपाली काँंग्रेस मेचीनगरका सभापति एवम् निवर्तमान वडाध्यक्ष सुदय पनेरु र नेपाल आदिबासी जनजाति पत्रकार महासंघ झापाका पूर्व सचिव अमित खम्बुले महोत्सव सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.