झापा करागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

२६ महिलासहित ६० जना विदेशी नेपालमा जेल जीवन बिताउदैं

A notice in Nepali from Mechinagar Ward No. 10

चन्द्रगढी, ९ माघ | जिल्ला कारागार कार्यालय झापाको क्षमता पुरुषतर्फ ५ सय र महिलातर्फ ७० जनाको हो । तर, अहिले कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेकाछन् ।

कारागार प्रमुख राजेन्द्र गौतमका अनुसार अहिले स्वदेशी र विदेशी गरी १ हजार १ सय २२ जना पुरुष र ६८ जना महिलाले विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका छन् । यसैगरी कारागारमा २ जना बालबालिका समेत छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण समस्या आउने गरेको छ । गौतमका अनुसार कारागारमा ३३ पुरुष र २७ महिला गरी कुल ६० जना विदेशी नागरिक समेत अहिले विभिन्न कसुरमा कैद भुक्तान गरिरहेका छन् । अहिले कारगारमा कैद भुक्तान गरिरहेका विदेशी नागरिकमध्ये भुटानी र भारतीय रहेका छन् ।

कार्यालयको तथ्याङ्क अनुसार महिला र पुरुषगरी गरी सवैभन्दा बढी लागूऔषधका २२, कर्तव्य ज्यान, चोरी कसुरमा ७÷७,जवरजस्ती करणीका ११ अपहरण ५ डाका र किर्ते २/२ गौवध, खोटाचलन, अभद्र व्यवहार र अप्राकृतिक मैथुन कसुरका १÷१ जना विदेशी नागरिकले नेपालमा जेल जीवन बिताइरहेका छन् । विदेशीहरुले अहिले झापा कारागारमा कैद भुक्तान गरिरहदा जिल्लामा हुने विभिन्न आपराधिक घटनामा संलग्न हुने गरेको प्रष्ट भएको छ ।

नेपाल भारतको खुला सीमा र नेपालमा लागूऔषधको विक्री वितरण तथा ओसार पसारमा कडाइ भएपनि सीमावर्ती भारतीय बजारमा सहजरुपमा लागूऔषध प्राप्त हुने भएकाले यसमा संलग्न कारोवारीमा बृद्घि भएको र नेपाल प्रहरीको कडा निगरानीमा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.