गीतकार डीपी खनालको उपचार सहयोगार्थ विराट चोकमा साङ्गितिक कार्यक्रम हुने

सुन्दरहरैँचा ।  लोकप्रिय गीतकार डि.पी. खनालको स्वास्थ्य उपचारका लागि सहयोगार्थ पलेँटी साँझ हुने भएको छ।

मोरङको सुन्दरहरैँचा, विराटचोक स्थित प्लानेट लाउञ्जमा पौष १७ गते मङ्गलवार आयोजित पलेँटीलाई यस पटक ‘गीताञ्जली साँझ’ नाम दिइएको आयोजक तथा नझरेका फूलहरूका परिकल्पनाकार,संस्थापक एवम् प्रस्तोता केपी घिमिरेले बताएका छन्।

विगत दुई महिनादेखि स्वास्थ्यमा गम्भीर समस्या भई उपचाररत गीतकार खनालका सयौँ गीतहरू लोकप्रिय छन्। उनका रचनामा रहेका गीतहरू नेपाली साङ्गीतिक क्षेत्रका ख्यातिप्राप्त लगभग सबै गायक गायिकाले गाइसकेका छन्। गीतकार खनालको उपचारमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागिएको र यस अभियानमा थुप्रै मनकारी व्यक्तिहरूबाट आर्थिक सहयोग प्राप्त भइरहेको समेत घिमिरेले बताएका छन्।

गीतकार खनालको उपचारको सहयोगार्थ यस कार्यक्रमका निम्ति गायनशिरोमणि रामकृष्ण ढकाल,लोकप्रिय गायक हेमन्त शर्मा,राज सिग्देल,तुलसी पराजुली,प्रविशा अधिकारी, गीतकार किरण के उप्रेती,गायक निमा शेर्पा,साहित्यकार पुरन राई लगायतबाट आर्थिक सहयोग प्राप्त भैसकेको र थप महानुभावबाट पनि सहयोग आउने क्रम जारी रहेको गीतकार समेत रहेका प्रस्तोता घिमिरेले जानकारी दिएका छन् । नझरेका फूलहरूको ४१औँ शृङ्खलाका रूपमा मङ्गलवार आयोजना हुने गीताञ्जली साँझमा गायिका पम्फा चाहार, मेरिना राई,अनु बुढाथोकी गिरी,निशा कार्की तथा गायक दुर्गा पराजुली,कृष्णराजा श्रेष्ठ लगायतले झण्डै दुईदर्जन भन्दा बढी गीतहरू सुनाउने बताइएको छ।

साहित्य,कला र सङ्गीतप्रेमी दर्शक श्रोतालाई कार्यक्रममा सहभागिताका निम्ति निःशुल्क प्रवेशको व्यवस्था गरिएको घिमिरेले बताए । कार्यक्रम साँझ ६:३० बजेबाट सुरु हुनेछ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.