फलफूलको आयतमा १५ प्रतिशले गिरावट, विज्ञहरु भन्छन—‘उपभोक्ता घटेर होइन, व्यवसायिक फलफूल खेतीले’

१२ मंसिर, मेचीनगर : सरकारले कृषिजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो चारमहिनामा काँकरभिट्टा नाकाहुँदै हुने फलफूल तथा फलफूलको जुस आयात १५ प्रतिशतले कमि भएको छ ।

गत आर्थिक वर्ष २०८०÷०८१ को सोहि अवधिमा पूर्वी काँकरभिट्टा नाका भएर आयात हुने फलफूल तथा फलफूलको जुसको आयातमा कमि आए मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।

गत आवको चारमहिनामा काँकरभिट्टा नाका भएर १२ करोड २५ लाख ४१ हजार रुपैयाँ मुल्य बराबरको फलफूल तथा फलफूलको जुस आयात भएकोमा चालु आवको सोहि अवधिमा फलफूल आयात घटेर १० करोड ३६ लाख ७४ हजार रुपैयाँको पुगेको छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी एवम् भन्सार अधिकृत गणपति कडेलका अनसार गत आवको पहिलो चारमहिनाको अवधिमा १ करोड ८८ लाख ६७ हजार रुपैयाँले फलफूल तथा फलफूलको जुस आयातमा कमि आएको हो ।

यो नाका भएर स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल विदेशबाट आयात हुने गर्छन् । फलफूल उत्पादन वृद्धि गर्न नसक्दा कुनै बेला यो नाका भएर आयात बढने गरेको भन्सार अधिकारीहरुको भनाई छ । कुनै बेला नेपालीमा फलफूल र फलफूलको जुस खानेको संख्यामा बृद्धि हुँदा आयातमा पनि बृद्धि हुने गरेको राष्ट्रिय फलफूल विकास केन्द्रको भनाई छ ।

तर, निर्यात घट्नुमा फलफूल उपभोक्तामा कमी आउनु चाँहि नभएको कृषिविज्ञ रामानन्द मण्डलको छ । कुनै बेला नेपालमा उत्पादन फलफूलले बजारको माग धान्न नसक्दा आयातमा बृद्धि हुने गरेको उहाँको भनाई थियो । पछिल्लो समय देशका विभिन्न ठाउँमा व्यवसायिक फलफूल खेती शुरु हुन थालेकाले आयातमा कमि आएको मण्डल बताउनुहुन्छ । सरकारले स्याउ आत्मनिर्भर कार्यक्रमका लागि कर्णालीका पाँच जिल्ला, मनाङ, मुस्ताङमा कार्यक्रम विस्तार गरको छ । त्यसैगरी सुन्तला उत्पादनका लागि गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्गजा, पर्वत, बागलुङ, म्याग्दी ,पाल्पा, गुल्मी, र अर्घाखाँचीमा लगायतका जिल्लामा सुन्तला बगैचा सुदृढिकरण कार्यक्रम सञ्चालन गरेको थियो । सरकारले फलफूल उत्पादन गर्नका लागि फलफूल दशक घोषणा गरेको छ ।

नेपालको भौगोलिक विविधता र हावापानीको विशिष्टताका कारण संसारको हरेक कुनामा उत्पादन गर्न सकिने फलफूलहरु नेपालमा उत्पादन गर्न सकिने विज्ञहरुको भनाई छ । काठमाडौं लगायतका प्रमुख बजारमा यहि नाकाबाट आयात भएका भारतीय तथा अन्य नाकाबाट र चिनीया स्याउ पुग्ने र बिक्री हुन्थ्यो । नेपालले भारत, बङ्लादेश, थाइल्याण्ड, अष्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका, कोरिया लगायतका मुलुकबाट फलफूल आयात गर्ने गरेको सरकारी अधिकारीहरुको भनाई छ ।

नेपालले विभिन्न प्रकारका फलफूल २३ भन्दा बढी देशबाट आयात गर्ने गरेको छ । चीनबाट आउने स्याउले नेपालको बजारमा पकड जमाएको छ । स्याउ, सुन्तला, आँप, कागती धेरै आयात हुन्छ । नेपालमा आयात भैरहेकासहित भुइँकटर, मौसम, जुनार, अम्बा, लिची, ग्राउन्ड एप्पल, केरा, अनारको खेती नेपालमा पनि गर्न सकिने कृषिविज्ञ टेकेन्द्र प्रधानको भनाई छ ।

फलफूल व्यवसाय खाद्य पोषण सुरक्षाका लागि मात्र नभएर रोजगारी, निर्यात व्यापार र विदेशी मुद्रा आर्जन गर्न सकिने प्रधान बताउनुहुन्छ । सरकारको दीर्घकालीन रणनीति बनाउन नसक्दा नेपाल फलफूलमा विदेशको भर पर्नुपर्ने अवस्था अहिले पनि विद्यमान छ । नेपाल फलफूल उत्पादनका लागि उर्वर भूमि भएपनि उत्पादनमा युवा जनशक्ति नदेखिएकै कारण फलफूल आयात गर्नुपरेको कृषिविज्ञहरुको भनाई छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.