भद्रपुर नाका खुलाउन माग गर्दै नगरपालिका कार्यालय घेराउ

A notice in Nepali from Mechinagar Ward No. 10

भद्रपुर । भारतसँग जोडिएको पूर्वी नेपालको भद्रपुर नाका खुलाउन माग गर्दै भद्रपुरबासीले आइतबार भद्रपुर नगरपालिका कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन्।

नेपाली कांग्रेसको भद्रपुर वडा नं ५ समितिको नेतृत्वमा भेला भएका नगरबासीले आइतबार बिहान भद्रपुर नगरपालिकाको कार्यालय घेराउ गरेका हुन्।

कोरोना भाइरस महामारीका कारण बन्द गरिएको भद्रपुर नाका बन्द भएको ११ महिना बित्न लाग्दासमेत खुलाउन सरकार गम्भीर नदेखिएको भन्दै भद्रपुरबासी आन्दोलित भएका हुन्।

उनीहरुले ‘सीमा नाका खुला गर, बेरोजगारलाई रोजगार दे, लोकतन्त्र जिन्दावाद’ लगायतका नारा लगाएका थिए। नाराबाजीपछि कांग्रेस वडा समितिले तुरुन्त नाका खुलाउनु पर्ने माग राख्दै भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ।

वडा समितिका सभापति रमेशचन्द्र झाले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईलाई ज्ञापनपत्र बुझाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.