वरिष्ठ अधिवक्ता सविता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ, भदौ २९: अन्तरिम सरकारकाे सिफारिसमा वरिष्ठ अधिवक्ता सविता भण्डारी मुलुकको महान्यायाधिवक्तामा नियुक्त भएकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज (आइतबार) महान्यायाधिवक्ताको पदमा नियुक्त गरेका हुन्।

यो नियुक्तसँगै भण्डारी नेपालको इतिहासमा महान्यायाधिवक्ताको जिम्मेवारीमा पुग्ने पहिलो महिला बनेकी छिन्। यसले नेपालको कानूनी र कार्यकारी इतिहासमा एक महत्त्वपूर्ण अध्याय थपेको छ।

वरिष्ठ अधिवक्ताको पृष्ठभूमि र जिम्मेवारी
वरिष्ठ अधिवक्ताका रूपमा कानुनी क्षेत्रमा लामो अनुभव हासिल गरेकी भण्डारीले अब सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा काम गर्नेछिन्। उनको नियुक्तिले नयाँ सरकारले सुशासन र कानुनी शासनलाई प्राथमिकता दिएको सन्देश प्रवाह गरेको छ।

महान्यायाधिवक्ताका रूपमा उनको मुख्य जिम्मेवारी सरकारलाई संवैधानिक र कानुनी विषयमा राय-परामर्श दिनु, सरकारको तर्फबाट मुद्दाहरूमा बहस गर्नु र अपराधको अभियोग चलाउनु हुनेछ। पहिलो महिला महान्यायाधिवक्ताका रूपमा उनको नियुक्तिलाई नेपालको न्याय प्रणालीमा महिला नेतृत्वको बढ्दो सहभागिताको अर्को कडीका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.