हिरासतबाटै दुर्गा प्रसाईँको सन्देश: “जबरजस्ती थोपरिएको यो चुनाव हामीलाई मान्य छैन”

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ। विवादास्पद मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईँले आज सम्पन्न भएको आमनिर्वाचनलाई अस्विकार गर्ने घोषणा गर्नुभएको छ। निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा हाल प्रहरी हिरासतमा रहनुभएका प्रसाईँको आधिकारिक फेसबुक पेजमार्फत यस्तो धारणा सार्वजनिक गरिएको हो।

हिरासतबाटै सार्वजनिक गरिएको स्टाटसमा प्रसाईँले वर्तमान निर्वाचन प्रणाली र राजनीतिक नेतृत्वमाथि कडा प्रहार गर्नुभएको छ। उहाँले लेख्नुभएको छ:

“ज्यानमारा, भ्रष्ट, सिंहदरबारदेखि सम्मानित सर्वोच्च अदालतसम्म आगो लगाउने, सहकारी ठगीमा संलग्न गिरोह र खर्बौँको सम्पत्ति नष्ट गर्ने गिरोहहरूले पश्चिमाको डिजाइनमा देश र नागरिकलाई रुवाएर जबरजस्ती थोपरेको यो चुनाव हामीलाई मान्य छैन।”

प्रसाईँको स्टाटसका मुख्य बुँदाहरू:

  • निर्वाचनको वैधतामा प्रश्न: उहाँले यस निर्वाचनलाई ‘भ्रष्ट ठगहरूले जितेको र देशले हारेको कालो दिन’ को रूपमा चित्रण गर्नुभएको छ।

  • हिरासत र डर: एक जना राष्ट्रवादी व्यक्तिसँग डराएर आफूलाई थुनेर निर्वाचन गराइएको दाबी गर्दै उहाँले यसको हिसाब-किताब एक दिन अवश्य हुने चेतावनी दिनुभएको छ।

  • गम्भीर आरोप: उहाँले वर्तमान सत्ताधारीहरूलाई ७५ जना बालबालिकाको ज्यान जाने अवस्था सिर्जना गरेको र राष्ट्रिय सम्पत्ति नष्ट गरेको गम्भीर आरोप समेत लगाउनुभएको छ।

गत फागुन १७ गते भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ पर्नुभएका प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ। सर्वोच्च अदालतले उहाँलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिए पनि निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले उहाँलाई हिरासतमै राखेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.