के आज थुनामुक्त होलान् ओली–लेखक ?

A notice in Nepali from Mechinagar Ward No. 10

२६ चैत्र, काठमाडौं : जेन–जी आन्दोलनका क्रममा दमन गरेको आरोपमा पक्राउ परेका केपी शर्मा ओली र रमेश लेखक आज थुनामुक्त हुने सम्भावना देखिएको छ। सर्वोच्च अदालतले दुवै नेताविरुद्ध अब थप म्याद नथप्न परमादेश जारी गरेपछि उनीहरू रिहा हुन सक्ने अवस्था बनेको हो।

तर, प्रहरीले आजै अनुसन्धान प्रक्रिया टुंग्याएर सरकारी वकिलमार्फत अदालतमा अभियोजन दर्ता गरेमा र थुनछेक बहस सुरु भएमा भने उनीहरू तत्काल रिहा नहुन पनि सक्छन्। यस्तो अवस्थामा उनीहरूलाई थुनामा राख्ने, धरौटीमा छाड्ने वा साधारण तारेखमा मुक्त गर्ने निर्णय सम्बन्धित अदालतले गर्नेछ।

यसअघि जिल्ला अदालत काठमाडौं ले तेस्रोपटक पाँच दिनको म्याद थप गरेको थियो, जुन आज सकिँदैछ। २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको घटनासँग सम्बन्धित अनुसन्धानका लागि दुवै नेतालाई गत १४ चैतमा पक्राउ गरिएको थियो।

कानुनी प्रक्रिया कुन दिशामा अघि बढ्छ भन्ने आधारमा आजको दिन नै उनीहरूको भविष्य तय हुने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.