बाहुनडाँगी | झापाको मेचीनगर चारवटा वडाका व्यवसायिकरुपमा तेजपत्ताको खेती गदैं आएका कृषकहरुले बजार व्यवस्थापनका लागि सरकारलाई गुहारेका छन् ।
साविक बाहुनडाँगी गाउँ विकास समिति तथा हाल मेचीनगरको १, २, ३ र ४ नम्बर वडाका व्यवसायिकरुपमा तेजपत्ताको खेती गदैं आएका कृषकहरुले प्रमुख नगदे वालीको रुपमा रहेको तेजपत्ताले निक्कै राम्रो उत्पादन दिए पनि उचित बजार नपाएका कारण निक्कै आर्थिक नोक्शान व्यहोर्नुपरेको गुनासो गरेका छन् ।
लामोसमयदेखि जंगली हात्तीको पीडा व्यहोदैं आएका साविक बाहुनडाँगी गाविसबासीले विकल्पमा पछिल्लो समय मुख्यः नगदेवालीकारुपमा तेजपत्ताको व्यवसायिक खेती शुरु गरेका छन् । धान, मकै, कोदो, सुपारीलगायतका बालीमा हात्तीले क्षति पुर्याउने थालेपछि अहिले त्यहाका स्थानीयवासीले त्यसको विकल्पमा तेजपत्ताको व्यवसायिक खेती शुरु गरेको कृषक रवि नेपालको भनाई छ ।
अहिले त्यसक्षेत्रका दर्जनौ किसानले खेतीयोग्य जमीन मासेर तेजपत्ताको व्यवसायिक खेती शूरु गरेका छन् । एकजना किसानले न्यूनतम एकसयदेखि दशहजार तेजपत्ताका विरुवा रोपेका छन् । जेठदेखि असोज अन्त्यसम्ममा विरुवा रोप्ने काम हुने र कम्तिमा २ वर्षदेखि उत्पादन शुरु हुने जेतपत्ताले विरुवा रोपेको ५ वर्षमा निक्कै राम्रो उत्पादन दिने गर्दछ । तर, उत्पादन दिए पनि बजार र अन्य झण्झटिलो प्रक्रियाका कारण किसानले अनावश्यक हैरान र आर्थिक व्ययभार व्यहोर्न बाँध्य हुनु परेको मेची उद्योग बाणिज्य संघका सचिव समेत रहनु भएका नेपालको भनाई छ ।
‘शुरुमा यहाँका हरेक किसानले धान, मकै, कोदो, सुपारीलगायतका खाद्य बाली नै लगाउने गरेका थिए’ नेपालले भन्नुभयो —‘ पछिल्लो समयमा आएर हात्तीबाट जोगाउनैका लागि अधिकाँश किसानले व्यवसायिकरुपमा तेजपत्ताको खेती शुरु गरेपनि किसानले धेरै समस्या भोग्नु परेको छ । उत्पादन राम्रो दिन्छ र हुन्छ तर, तेजपत्ता किन्दिने मान्छे छैन् । विक्रीका लागि बजारको समस्या खडा भयो । यसबा बारेमा तीनै तहका सरकारलाई राम्रैसँग थाहा छ । हामीले पनि पटक पटक मा जानकारी गराउदाँ सम्म हाम्रो समस्याको सम्बोधन हुदैंन । सरकार केहि कुरामा चासो दिदैंन गम्भीर बन्दैंन् । सरकारले स्वयम किसानलाई निःशुल्करुपमा विरुवा दिने विरुवाबाट उतपादन भइसकेपछि विक्रीका लागि बजारको व्यवस्था चाँहि नगर्ने कुराले किसान मारमा परेका छन् दुखि छन् । फसल टिप्नदेखि विक्री वितरण र भण्डारण गर्न पनि स्थानीय वडा सरकारदेखि बन कार्यालय सम्मको अनिवार्य सीफारिस चाँहिने कुराले थप मारमा छौ, हामी किसान ।’
जंगली हात्तीको उपद्रो सहन नसकेर मेचीनगर— ४ का देविप्रसाद आचार्यले आफ्नो डेढविगाहा भन्दा बढी जमीनमा लगाएको धान, मकै, कोदो तथा अन्य खाद्यन्न बाली मासेर ५ वर्षअघिदेखि व्यवसायिकरुपमा तेजपत्ताको खेती शुरु गर्नुभयो । अहिले तेजपत्ताले सन्तोषजनक उत्पादन दिएपनि बजार अभावका कारण लगानी बालुवामा पानी सरह भएको पीडा सुनाउनुभयो ।
धान, मकै, कोदो, चिया सुपारीलगायतका अन्य खाद्यन्न बालीमा हात्तीले खाने, कुल्चिएर नष्ट गरी क्षति पुर्याउने गरेका कारण हरेक वर्ष किसानले पाकेको बाली भित्रियाउन नपाउने अवस्था थियो । तेजपत्ता हात्तीले नखाने तथा यस्तो खेती लगाएको ठाउँमा हात्ती नपुग्ने भएकाले पनि पछिल्लो समय किसानको आर्कषण तेजपत्ता खेतीतर्फ बढेको थियो । उत्पादन राम्रै भएपनि बजारीकरणको समस्याले अहिले धेरै किसानले आफ्ना उत्पादन काटेर, उखेलेर फ्याक्न थालेको स्थानीय केशव निरौलाले बताउनुभयो । उहाँले तेजपत्ताले बजार नपाएकै कारण आफ्नो डेढ विगाह जमिनमा लगाएको तेजपत्ता खेती मासेर अहिले सुपरनिपिया जातको घासको खेती शुरु गरेको बताउनुभयो । ‘उस्बेलाको अन्न बाली हात्तीले उठाउन दिदैंन भन्ने कुराले रातभर निद्रा लाग्दैंन थियो’ आचार्यले भन्नुभयो —‘ अहिले बालीले बजार नपाउने भन्ने चिन्ता सताउछ ।’
लामो समयदेखि जंगली हात्तीले आफुले लगाएका अन्नबाली घरमा थन्क्याउन नदिएकै कारण विकल्पमा तेजपत्ताको खेती शुरु गरिएपनि अहिले बजार नपाएका कारण हरेक किसान निराश बन्नु परेको अर्का किसान युवराज गिरीको भनाई छ । उसबेला संयौ किसान धान, मकै, कोदो, चिया सुपारीलगायतका अन्य खाद्यन्न बालीमा हात्तीले खाएर कुल्चिएर नष्ट गरी क्षति पुर्याउने गरेका कारण पीडीत बनेका थियौ तर, अहिले त्यसको विकल्पका रुपमा लगाएको तेजपत्ता खेतीले बजार नपाएका कारण र सरकारी पक्ष उदासिन र निष्क्रिय बनेका कारण थप पीडा व्योहोर्न बाँध्य बनेको गिरीको भनाई छ ।
समयमै सिचाईको उचित व्यवस्थापन नभए पनि दुख सुख तेजपत्ताको खेती राम्रै गरेपनि उत्पादन भएपनि राज्यको विक्री,भण्डारणमा झण्झटिलो प्रक्रिया, बजार अभावका कारण अहिले धेरै किसानले बाली मास्न थालेका छन् । अधिकाँश किसानले आफ्नो चिया बगानभित्र नै यसको खेती शुरु गरेका छन् । यसले चियाखेतीमा समेत धेरै फायदा पुग्ने अनुभव किसानले गरेका छन् । ‘तेजपत्ता आफैमा एउटा औषधिजन्य बस्तु हो ’ नेपालले भन्नुभयो—‘ यसको गन्धले चियामा लागने कीरा समेत भाग्छा । चियासँग पनि कीरासँग लड्ने क्षमताबृद्घि गराउँछ ।’
देशकै अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुग्ने कृषिक्षेत्रलाई सरकारी तवरबाट सहयोग गर्न जरुरी रहेको स्थानीय किसानहरुको छ । सरकार र सम्बन्धितपक्षले तेजपत्ताको बजार विस्तारलगायत निर्यात र विक्री भण्डारणमा देखिएको झण्झटिलो प्रक्रियाको अन्त्य गरी किसानको मागलाई समयमै सम्बोधन गर्न जरुरी पनि छ ।