Wednesday, April 21, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारमेचीनगरका सबै विद्यालयहरु सञ्चालन हुने

मेचीनगरका सबै विद्यालयहरु सञ्चालन हुने

मेचीनगर, चैत्र १६/ सरकारले चैत्र १६ देखि २० सम्म वातावरणीय परिस्थितिका कारण ४ दिन विदा दिने निर्णय गरेता पनि मेचीनगरका सबै विद्यालयहरु सञ्चालन हुने भएका छन् । आज साँझ प्यबसन मेचीनगर र एनप्याब्सन मेचीनगरका पदाधिकारीहरु बीच भएको जुम मिटिङ्गले  नगरभित्रका सबै विद्यालयहरु नियमित सञ्चालन गर्ने निर्णय गरेको छ । मेचीनगर भित्रका अधिकांस संस्थागत विद्यालयहरुमा परीक्षा चलिरहेको अवस्था र भर्खरै कोरोनाको प्रकोपका कारण बन्द रहेका विद्यालय र विद्यार्थीहरुको अध्ययन-अध्यापन गर्ने वातवरण बन्दै गरेको बेला विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्न विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको एनप्याब्सन मेचीनगर अध्यक्ष भगिरथ राईले मेरो मेचीनगरलाई बताउनु भयो । त्यस्तै प्याबसन मेचीनगरका अध्यक्ष डम्बर रुचालका अनुसार प्याब्सन झापाले स्थानीय पालिकाहरुसँग सहकार्य गर्ने गरी सर्कुलर गरेको हुँदा मेचीनगर भित्रका सबै संस्थागत विद्यालय निर्वाध संचालन गरिने वहाँले बताउनु भयो ।


यता मेचीनगरको शिक्षाको नियमाक निकाय मेचीनगर शिक्षा शाखाले भने आज होलीको विदा परेका कारण कुनै पनि आधिकारिक सूचना प्रकाशित नगरेको र यस सम्बन्धमा थप निर्णय भोली प्रधानाध्यापकहरु, शिक्षकहरुको प्रतिनिधि संस्था शिक्षक महासंघ तथा प्याब्सन र एनप्याब्सनकाका पदाधीकारीहरुसँग बैंठक बसेपछि मात्र आधिकारिक धारण सार्वजनिक गरिने मेचीनगर शिक्षा शाखाका कर्मचारी एवम् पूर्व स्रोत व्यक्ति लोकबहादुर दाहालले बताउनु भयो ।


त्यसै गरी पूर्वका अधिकांश पालिकाहरुले सूचना प्रकाशित गरेर विद्यालय संचालन हुने जानकारी दिएकाछन् ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु